प्रधानमन्त्रीको लोकप्रियता र अतालिएका विरोधीहरु
कविता अधिकारी
जब कुनै व्यक्ति वा संस्था विचार,सिद्धान्त र कार्यक्रमवाट रितिन्छ । त्यसपछि उसले आफूलाई क्रियाशिल बनाउन झूटको सहारा लिन्छ । ओली सरकार सर्वसत्तावादी, अधिनायकवादी भयो, सरकारले नतिजा आउने गरि वा जनताले महसुस हुने गरि काम गर्न सकेन आदिईत्यादी आरोप झुटको सहाराभन्दा अरु केही होइनन् । यसका अतिरिक्त सरकारका मन्त्रीहरुको काममा एकरुपता छैन,सरकार र पाटीकावीचमा कोर्डिनेशन छैन । सरकारले हामीलाई जिम्मेवारी दिएन । हामीले मन्त्री वा प्रधानमन्त्रीलाई भेटन पाएनौ । जनताले अपेक्षा गरेजस्तो बजेट आएन आदि इत्यादी जस्ता गुनासाहरु पार्टीभित्रैबाट पनि उठदैै आएका छन् । भित्र वा बाहिर जहाँवाट उठेपनी यी हरेक कपोलकल्पित बिषयहरुको केन्द्रमा प्रधानमन्त्रीलाई राखिएको छ । खोलामा तत्काल बाढी आयो, त्यसको दोष प्रधानमन्त्रीलाई, सडकमा खाल्डा प¥यो, त्यसको दोष, प्रधानमन्त्रीलाई । खास व्यक्ति वा संस्थाको स्वार्थ पूरा गर्न विदा पनि नलिई नेपाल सरकारको एकजना कर्मचारी अनावश्यक माग राखेर उक्साहटमा अनशन बस्छन, त्यसको दोष प्रधानमन्त्रीलाई । कुनै अमुर्त व्यक्तिहरुको डिजाइनमा गंगामाया अनसनमा बस्छिन, काग्रेसको सरकार भएको वेला उनको श्रीमान नन्दप्रसादको मृत्यु हुन्छ, यसको दोष पनि वर्तमान प्रधानमन्त्रीलाई ।
अहिले जसलाई जे मन लाग्छ, जसले जे देख्छ, जे सुन्छ, लोकतन्त्रको दुहाई दिदै ती घटनाहरुसँग प्रधानमन्त्रीलाई जोडेर सामाजिक सञ्जालमा आफना कुण्ठा पोख्छ, भट्टी पसलमा बहस हुन्छ,पहिरो जाओस वा बिजुली जाओस आरोप प्रधानमन्त्रीलाई । अहिले केही मानिसहरुमा गज्जवको भूत सवार भएको छ । राज्यका कामकाज र सार्वजानिक बिषयमा मात्रै होइन, व्यक्तिगत आनीवानी, खानपान र स्वास्थ्यका बिषयमा पनि मानिसहरु काल्पनिक कुरा गरेर प्रधानमन्त्रीको आलोचना गरिरहेछन् । आखिर किन यस्तो हुन्छ रु मानिसहरु किन यतिसम्म गैर जिम्मेवाररुपमा प्रस्तुत हुन्छन । यदि नागरिकको खवरदारी सही नै हो भनेपनि यसको केन्द्रमा प्रधानमन्त्रीलाई नै राख्नुपर्ने कि त्योसँग सरोकार राख्ने सम्वन्धित निकायहरुलाई घचघच्याउनु पर्ने रु तर केही मानिसहरु बिषयवस्तु त्यसको कारण र परिणाम नवुझी सिधा अर्थमा भन्ने हो कसरी हुन्छ प्रधानमन्त्रीको आलोचना गर्ने काममा संस्थागतरुपमा लागेका छन् ।
यसका पछाडी खास कारणहरु छन ।
१। लोकप्रियता गिराउने खेल
प्रधानमन्त्री केपी शर्मा ओली पहिलो प्रधानमन्त्री हुदाँ देश भुँइचालो र नाकाबन्दी मारमा थियो । नाकावन्दीका कारण जनजीवन अस्तव्यस्त थियो । देशभित्रका कतिपय राजनीतिक दलहरुले नाकावन्दीको समर्थन गरेका थिए । तर यो संकटबाट देशलाई बाहिर ल्याउन खेलेको भूमिकाका कारण वर्तमान प्रधानमन्त्रीको लोकप्रियताले उचाई प्राप्त गरेको हो । स्थानीय , प्रदेश र केन्द्र तीनै तहको निर्वाचनमा तत्कालिन एमालेले प्राप्त गरेको जनमतले उहाँको लोकप्रियतालाई झनै उचाईमा पु¥याएको थियो । चुस्त दुरुस्त मन्त्री मण्डलको गठन, यातायातमा सिण्डीकेटको अन्त्य शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा भइरहेको वेथिति उखेल्ने काममा लिएको पहल कदमी र सुशासनको प्रत्याभूतिमार्फत मुलुकलाई समृद्धितर्फ डो¥याउने प्रधानमन्त्रीको दृढ प्रयत्नले नै प्रधानमन्त्रीलाई असल राजनेताको रुपमा उभ्याउँदै छ । अझ सन्तुलित वैदेशिक नीतिका माध्यमबाट भारत र चीनसँगको सम्वन्ध बिस्तारले नेपालको राष्ट्रियता अझ मजबुत हुँदै गइरहेको छ । तर उहाँको यो कामबाट अतालिएर उहाँको लोकप्रियतालाई गिराउने सोच अन्र्तगत केही घटना र लहडमा आधारित असैद्धान्तिक र अवैचारिक मिथ्या आरोपहरु उहाँलाई लगाउने प्रयत्न भैरहेको छ । यि आरोपहरुले आरोप लगाउने मानिसहरुलाई एकछिनको लागि केही आत्मसन्तुष्टि त देला तर प्रधानमन्त्रीको बढदै गरेको लोकप्रियतामा कुनै असर पार्ने छैन बरु यो अझै बलियो र लक्ष्य प्राप्तीको बाटोमा निरन्तर अगाडी बढिरहने छ ।
२। नेपालका कम्युनिष्टहरुको साख गिराउने खेल
नेपाल कम्युनिष्टहरुको उर्वर भुमि हो । अहिले विगत ७० बर्षको नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्ट पार्टीले निर्वाचनका माध्यमबाट सवैभन्दा बढि जनमत प्राप्त गरेको छ । यो उपलब्धी पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीको नेतृत्वमै सम्भव भएको हो । यदि अध्यक्ष ओलीको नेतृत्व हुँदैनथ्यो भने यो परिणाम आउथ्यो वा आउदैनथ्यो रु त्यो छुटटै वहसको बिषय होला । तर अहिले ७५३ स्थानिय सरकारमा लगभग ७० प्रतिशत स्थानिय सरकार कम्युनिष्ट पाटीको नेतृत्वमा हुने कुरा, ७ वटा प्रदेशमा ६ वटा प्रदेश सरकार कम्युनिष्ट पाटीको हुने कुरा, केन्द्रमा दुइ तिहाइ भन्दा बढिको बहुमत सहितको सरकार बन्ने कुरा, राष्ट्रपति उपराष्ट्रपति सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्ष उपाध्यक्ष लगायतका सवैधानिक पदहरु पार्टी अध्यक्षका रुपमा ओलीको नेतृत्वमै प्राप्ति भएका हुन ।
यसका अतिरिक्त देशका दुइ प्रमुख कम्युनिष्ट पार्टीहरुको एकता प्रकृया उहाँको नेतृत्वविना संभव थिएन । यो एकता प्रक्रिया र यसले नेपालको कम्युनिष्ट आन्दोलनमा, पाटी र सरकार निमार्णको प्रक्रियामा पार्ने दुरगामी प्रभावका कारण घरेलु प्रतिक्रियावादी प्रश्चगामी शक्तिहरु र वैदेशिक माफियातन्त्र अतालिएको स्थिती छ । अब कम्युनिष्ट पाटीले पचासौ बर्ष देशमा शासन गर्छ भन्ने जनविश्वास अहिले आम मानिसहरुमा रहेको छ । जनतामा पलाएको यो बलियो विश्वासबाट प्रतिपक्ष भुमिकामा रहेका मानिसहरु अत्तालिनु स्वभाविक हो । विचार, सिद्धान्त र जनमतमा ओरालो लाग्दै गरेका शक्तिहरुले चाहिदा नचाहिदा लगाएका आरोपहरुबाट नेपालमा विद्यमान रहेको यो शक्तिलाई कुनै फरक पार्ने छैन । बरु यस्ता आरोपहरुले आफनै कद र उचाइ घटाउने छ । रेखालाइ छोटो बनाउदा त्यसलाई मेटनुभन्दा त्यसको अगाडी वा पछाडी अर्को लामो रेखा कोरेर पहिलोलाई छुटयाए जस्तै अरुको आलोचनाबाट होइन की रचनात्मक र श्रृजनात्मक कामबाट आफुलाई अगाडी बढाउने दिशामा प्रतिपक्ष लाग्न जरुरी छ ।
३। समृद्ध नेपाल र सुखी नेपालीको नारा
नेपालको इतिहासमा सरकारका तर्फबाट देशको विकास र जनताको हितलाई ध्यानमा राखी पहिलो पल्ट प्रधानमन्त्री ओलीले सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडी सार्नुभयो । सरकारको यो चारमहिने अवधिमा स्थानिय, प्रादेशीक र केन्द्रीय सवै तहबाट आएका नीति कार्यक्रम र बजेटले यो नारालाई केन्द्र भागमा राखेको देखिन्छ । तिनै तहका सरकारहरुले अगाडी सारेको कार्यक्रमले समृद्ध नेपाल बनाउने र जनतालाइ सुखी राख्ने कामको सुनिश्चितता गर्नेछन् । तर व्यवस्थापिकाबाट बजेट नै पारित नभएको अवस्थामा कुन कार्यक्रमले के परिणाम दिन्छ भन्ने कुराको प्रयोग नभएको अवस्थामा चाहिदा नचाहिदा आरोपहरुमार्फत प्रतिपक्ष संस्थागत हिसावले सरकारलाई यो नाराबाट विचलित बनाउन चाहन्छ तर बजेट पारित भएर यसका कार्यक्रमहरु लागु हुन थालिसकेपछि यस्ता आरोपहरुको कुनै अर्थ रहने छैन । नेपाल सम्बृद्धिको बाटोमा अगाडी बढने छ ।
निष्कर्ष:
राज्य कुनै भुगोल जनसंख्या सार्वभौमिकता मात्रैपनि होइन । राज्य विभिन्न संरचना र नीति कार्यक्रमहरुको योग पनि हो । राज्यमा राज्यका काम गर्नका लागि परिभाषित संरचनाहरु हुन्छन । ति संरचनाहरुमा परिभाषित कामगर्ने मानिसहरु हुन्छन । सचेत नागरिकको हिसाबले कुनै मानिस या संस्थाले खबरदारीको आवाज उठाउनु राम्रो कुरा हो । तर लाल्छना र आरोपका रुपमा मन्त्री वा प्रधानमन्त्रीलाई नै आरोपित गर्नु राम्रो कुरा हैन । खवरदारीका हिसाबले र रचनात्मक चेतका हिसावले कुनै नागरिक वा संस्थाले उठाएका रचनात्मक सोच र खवरदारीहरु सम्वन्धीत निकायसँग हुन प¥यो र सम्वन्धीत निकायहरुपनि देश निमार्णको यो अभियानमा क्रियाशिल हुन सक्नु प¥यो र जनताका यस्ता सरोकारका बिषयहरुलाई ततकाल सम्बोधन गर्ने हिसावले अगाडी बढन प¥यो ।
राष्ट्रनिर्माणमा पार्टी वा नागरिक हामी सवैका र आफना आफना परिभाषित जिम्मेवारीहरु छन् । यो काममा हामी कतिपय कर्मचारीका रुपमा, नेताका रुपमा, पदाधिकारीका रुपमा देखिने भुमिकामा छौ भने कतिपय नागरिक वा जनताका रुपमा अमुर्त भुमिकामा छौ । हामी जहा जुन भुमिकामा भएपनि राष्ट्र निमार्णको प्रक्रियामा हामी सबैको भुमिका हुन्छ । तर यतिवेला यो सबै जिम्मेवारी प्रधानमन्त्रीको मात्रै हो भनेर हामी औला उठाइरहेका छौ तर आफुतिर फर्किएका चारऔला चाही हामीले बिर्सिरहेका छौ । त्यसैले अर्काको आङ्गको जुम्रो मात्रै देख्ने हैन की आफनो आङ्गको भैसी पनि देख्ने गरौं ।