डोनाल्ड ट्रम्पकी सेक्स पार्टनर पक्राउ, उक्त विषय गुपचुप राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको दाबी



हाम्रो इकोनोमि

 

आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी ‘यौन साथी’ दाबी गर्ने एडल्ट फिल्म स्टार स्टर्मी डेनियल्स पक्राउ परेकी छन्।

कोलम्बसको ओहियोस्थित स्ट्रिप क्लबबाट उनलाई नियन्त्रणमा लिइएको उनका वलिकले बताएका छन्। डेनियल्सको खास नाम स्टेफनी क्लिफोर्ड हो । क्लबमा आएका एक ग्राहकसँग गैर-यौन तरिकाबाट छोएको आरोपमा उनी पक्राउ परेको वकिल माइकल एवेनतीले ट्विटरमार्फत् बताए। एवेनतीका अनुसार एक स्टिङ अपरेसनका दौरान उनी पक्राउ परेकी हुन्।

‘यो पूर्वनियोजित र राजनीतिक रूपमा प्रेरित घटना हो। र, भयानक दुस्साहस पनि। सबै आरोपविरुद्ध हामी लड्छौं,’एवेनतीले ट्विटरमा लेखेका छन्। उनी बुधबार र बिहीबार साइरेन्स जेन्टलम्यान क्लबमा प्रस्तुती दिने क्रममा थिइन्।

हालसम्म उनले अमेरिकाभरका करिब सय वटा स्ट्रिप क्लबमा प्रस्तुती दिइसकेकी छन्। उनी जमानतमा रिहा हुने आशा वकिलको छ।

सन् २००६ मा तत्कालीन व्यापारी ट्रम्पकी यौन साथी रहेको दाबी डेनियल्सले गर्दै आएकी छन्। राष्ट्रपति निर्वाचनअघि उक्त विषयलाई गुपचुप राख्न ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलर दिएको दाबी पनि उनले गर्दै आएकी छन्। राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...