अनुदानमा यान्त्रिक हलो



हाम्रो इकोनोमि

कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो ९मिनिटिलर० प्रदान गरेको छ ।

यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

वडा नं ७ को धवलागिरि कृषि सहकारी, वडा नं ३ को प्रगतिशील कृषक समूह, वडा नं ५ को सूर्यदल कृषक समूह तथा वडा नं ३ का सूर्यबहादुर पुन, २ का गंगाधर सापकोटा, ५ का तिलबहादुर जिसी, ८ का होमनाथ पौडेल, शिव शर्मा र नरबहादुर पुन तथा वडा नं १० का नरबहादुर श्रीसलाई यान्त्रिक हलो प्रदान गरिएको हो ।

रु ५० हजार पर्ने यान्त्रिक हलो कृषकले रु २५ हजारमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने छ । कृषकलाई ११ हजार कागती र सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...