अनुदानमा यान्त्रिक हलो



कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो ९मिनिटिलर० प्रदान गरेको छ ।

यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

वडा नं ७ को धवलागिरि कृषि सहकारी, वडा नं ३ को प्रगतिशील कृषक समूह, वडा नं ५ को सूर्यदल कृषक समूह तथा वडा नं ३ का सूर्यबहादुर पुन, २ का गंगाधर सापकोटा, ५ का तिलबहादुर जिसी, ८ का होमनाथ पौडेल, शिव शर्मा र नरबहादुर पुन तथा वडा नं १० का नरबहादुर श्रीसलाई यान्त्रिक हलो प्रदान गरिएको हो ।

रु ५० हजार पर्ने यान्त्रिक हलो कृषकले रु २५ हजारमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने छ । कृषकलाई ११ हजार कागती र सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  १५ : ३१  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

    असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ

नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री

    कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् ।

दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको