प्रधानमन्त्री ओलीले सचिवहरुलाई दिए यस्तो ठाडो निर्देशन, बजेट पहिलो दिनदेखि नै कार्यान्वयन होस



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको करीब छ घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन गर्दा त्यसबाट प्राप्त हुने प्रतिफल तोकेर अघि बढ्न निर्देशन दिनुभएको हो । उहाँले समृद्धि, विकास, सुशासन र स्थिरताको जनताको चाहनालाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बजेट र कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमित अनुगमनसमेत गर्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो । आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष सचिवहरुले सरकारको वार्षिक र पञ्चवर्षीय योजनाबारे प्रस्तुतीकरण गरेको जानकारी दिनुभयो । छलफलमा २१ वटै मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...