डा केसीका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई एक किलो मार्सी चामल उपहार, जुम्लीवासीले किन गरे यस्तो



हाम्रो इकोनोमि

 

सत्याग्रही प्राडा गोविन्द केसीका समर्थक र अभियन्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार दिउँसो मार्सी चालम उपहार दिने भएका छन्।

 

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले एक किलो मार्सी चामल उपहार दिन थालेका हुन्। यसलाई जुम्लीवासीहरुले ‘बोहनी’ स्वरुप भनेका छन् । यो कार्यक्रमको अगुवाई डा केसीको अभियानका अभियन्ता विय शिवाकोटीले गर्ने भएका छन्।

 

डा केसी अहिले १५ आमरण अनसनको क्रममा जुम्लामा रहेका छन्। उनले कर्णालीमा मेडिकल कलेज खोल्नुपर्ने अडान राखेका छन् । उनले सर्वसुलभ चिकित्सा शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि लडाइँ लडिरहेका छन्। यसपटक जुम्लीवासीले पनि गोविन्द केसीका माग पूरा भए जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।

 

उनीहरुले यदि केसीका माग पूरा भए जुम्ली मार्सी सबै प्रधानमन्त्री ओलीलाई दिने बचन पनि दिएका छन्। जुम्ली राजबहादुर शाहीले भने, ‘प्रधानमन्त्रीले हाम्रा डाक्टरका माग पूरा गरे जुम्ली चामल सबै दिन्छौं।’

 

डा केसी १३ दिनदेखि आमरण अनसन बस्दा उनको स्वास्थ्य गम्भीर छ। माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई दवाव दिन मार्सी चामल दिन लागिएको हो।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...