डा केसीका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई एक किलो मार्सी चामल उपहार, जुम्लीवासीले किन गरे यस्तो



हाम्रो इकोनोमि

 

सत्याग्रही प्राडा गोविन्द केसीका समर्थक र अभियन्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार दिउँसो मार्सी चालम उपहार दिने भएका छन्।

 

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले एक किलो मार्सी चामल उपहार दिन थालेका हुन्। यसलाई जुम्लीवासीहरुले ‘बोहनी’ स्वरुप भनेका छन् । यो कार्यक्रमको अगुवाई डा केसीको अभियानका अभियन्ता विय शिवाकोटीले गर्ने भएका छन्।

 

डा केसी अहिले १५ आमरण अनसनको क्रममा जुम्लामा रहेका छन्। उनले कर्णालीमा मेडिकल कलेज खोल्नुपर्ने अडान राखेका छन् । उनले सर्वसुलभ चिकित्सा शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि लडाइँ लडिरहेका छन्। यसपटक जुम्लीवासीले पनि गोविन्द केसीका माग पूरा भए जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।

 

उनीहरुले यदि केसीका माग पूरा भए जुम्ली मार्सी सबै प्रधानमन्त्री ओलीलाई दिने बचन पनि दिएका छन्। जुम्ली राजबहादुर शाहीले भने, ‘प्रधानमन्त्रीले हाम्रा डाक्टरका माग पूरा गरे जुम्ली चामल सबै दिन्छौं।’

 

डा केसी १३ दिनदेखि आमरण अनसन बस्दा उनको स्वास्थ्य गम्भीर छ। माग पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई दवाव दिन मार्सी चामल दिन लागिएको हो।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...