काँग्रेस नेता रामहरि खतिवडालाई गणेश थापाले कुटे, सोल्टी होटलमा चौधरी ग्रुपको पार्टीमा झगडा



हाम्रो इकोनोमि

 

सार्वजनिक लेखा समितिमा हुँदा भ्रष्टाचारका बिविध विषय उजागर गरेर चर्चामा आएका पूर्वसांसद रामहरि खतिवडामाथि सोहि पदमा हुँदा खेलेको भुमिकालाई लिएर एक पूर्व सांसद तथा राप्रपाका अध्यक्ष कमल थापाका भाइ गणेश थापाले हातपातको प्रयास गरेका छन्।

 

विगतको संसदमा लेखासमितिको सदस्यका रुपमा अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको बिरुद्धमा अन्तिम समयसम्म लागिपरेका खतिवडाको सोहि भूमिकाकै बिषयलाई लिएर थापाले एक विवाह भोजमा हातपातको प्रयास गरेका हुन्। थापाले सो प्रसङग निकालेर खतिवडा माथि हातपात गर्ने प्रयास भएपछि सो प्रकरणमा थापा खतिवडासँग रिसले चुर भएको समेत खुलासा भएको हो।

 

लेखासमितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । त्यो रिस एन्फामा २० बर्षभन्दा बढी रजगज गरेका तत्कालीन अध्यक्ष गणेश थापाले काँग्रेस सांसद विनोद चौधरीको पारिवारिक विवाह भोजमा पोखेका हुन्।

 

चौधरी ग्रुपका संचालक अरुण चौधरीका पुत्र करण चौधरीको मंगलबार सोल्टी होटलमा आयोजित विवाह भोजमा पूर्वसांसद खतिवडा र गणेश थापा पनि बोलाइएका थिए। निम्तो मान्न गएका थापाले अर्का निम्तालु खतिवडालाई तँ भन्दै अमर्यादित रुपमा प्रस्तुत भएका थिए।

 

उनले अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै खतिवडालाई आमाचकारी गालीगलौज गरेका थिए।

 

मदिराले मस्त भएका थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखा समितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए। मसँग गल्ती भयो भनेर माफी माग भन्दै थापाले खतिवडालाई धम्क्याउँने र होहल्ला गर्दै झम्टिन थालेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले उनलाई खतिवडा भएको ठाउँबाट तानेर अन्तै लगेका थिए।

 

लेखासमितिले मात्र होइन, अन्तर्राष्ट्रिय फुटवल महासंघ फिफाले भ्रष्टाचारकै आरोपमा थापालाई १० बर्ष निलम्बन गरेको छ। खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको कुराबाट आज पनि आफू पछि नहट्ने बताए।

 

चौधरी ग्रुपको भोजमा सहभागी भएका अतिथिहरुले गणेश थापाले देखाएको ब्यवहारबाट निकै असहज महसुस गरेका थिए । फुटवलको सत्ता गएपनि व्यवहार भने अझै पनि सत्तासिन झै गरेकोमा थापाको धेरैले आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...