काँग्रेस नेता रामहरि खतिवडालाई गणेश थापाले कुटे, सोल्टी होटलमा चौधरी ग्रुपको पार्टीमा झगडा



 

सार्वजनिक लेखा समितिमा हुँदा भ्रष्टाचारका बिविध विषय उजागर गरेर चर्चामा आएका पूर्वसांसद रामहरि खतिवडामाथि सोहि पदमा हुँदा खेलेको भुमिकालाई लिएर एक पूर्व सांसद तथा राप्रपाका अध्यक्ष कमल थापाका भाइ गणेश थापाले हातपातको प्रयास गरेका छन्।

 

विगतको संसदमा लेखासमितिको सदस्यका रुपमा अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको बिरुद्धमा अन्तिम समयसम्म लागिपरेका खतिवडाको सोहि भूमिकाकै बिषयलाई लिएर थापाले एक विवाह भोजमा हातपातको प्रयास गरेका हुन्। थापाले सो प्रसङग निकालेर खतिवडा माथि हातपात गर्ने प्रयास भएपछि सो प्रकरणमा थापा खतिवडासँग रिसले चुर भएको समेत खुलासा भएको हो।

 

लेखासमितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । त्यो रिस एन्फामा २० बर्षभन्दा बढी रजगज गरेका तत्कालीन अध्यक्ष गणेश थापाले काँग्रेस सांसद विनोद चौधरीको पारिवारिक विवाह भोजमा पोखेका हुन्।

 

चौधरी ग्रुपका संचालक अरुण चौधरीका पुत्र करण चौधरीको मंगलबार सोल्टी होटलमा आयोजित विवाह भोजमा पूर्वसांसद खतिवडा र गणेश थापा पनि बोलाइएका थिए। निम्तो मान्न गएका थापाले अर्का निम्तालु खतिवडालाई तँ भन्दै अमर्यादित रुपमा प्रस्तुत भएका थिए।

 

उनले अखिल नेपाल फुटबल संघ एन्फाको भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै खतिवडालाई आमाचकारी गालीगलौज गरेका थिए।

 

मदिराले मस्त भएका थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखा समितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए। मसँग गल्ती भयो भनेर माफी माग भन्दै थापाले खतिवडालाई धम्क्याउँने र होहल्ला गर्दै झम्टिन थालेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले उनलाई खतिवडा भएको ठाउँबाट तानेर अन्तै लगेका थिए।

 

लेखासमितिले मात्र होइन, अन्तर्राष्ट्रिय फुटवल महासंघ फिफाले भ्रष्टाचारकै आरोपमा थापालाई १० बर्ष निलम्बन गरेको छ। खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको कुराबाट आज पनि आफू पछि नहट्ने बताए।

 

चौधरी ग्रुपको भोजमा सहभागी भएका अतिथिहरुले गणेश थापाले देखाएको ब्यवहारबाट निकै असहज महसुस गरेका थिए । फुटवलको सत्ता गएपनि व्यवहार भने अझै पनि सत्तासिन झै गरेकोमा थापाको धेरैले आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक