बै‌ंकहरुले एक महिनाको सुन एकैपटक किन्न पाउने



नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बै‌ंकले ल्याएको आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीतिमा बै‌ंकले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको हो ।

वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा जनाइएको छ ।

सुनचाँदी व्यवसायीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, गैर(आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७५, बुधबार  १७ : ४५  बजे

प्रतिक्रिया दिनुहोस
वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

साउन महिनाको लागी बैंकहरूले घटाए ब्याजदर

    जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि