योगेश भट्टराईको गोविन्द केसीलाई प्रश्नः मनमोहनसँग केको दुश्मनी ?



हाम्रो इकोनोमि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा। केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भट्टराईले हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी गरेका हुन् ।

कार्यक्रममा आक्रोशित बन्दै उनले भने, “फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो रु देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने रु मनमोहनसँग के दुश्मनी छ रु”

भट्टराईले जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोप समेत लगाए ।

“मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया रु” भट्टराईले भने

सािथै अहिलेसम्म खुलिसकेका सबै मेडिकल कलेजलाई संसदीय छानबिन समिति बनाएर छानबिनको दायरामा ल्याइने भट्टराईले बताए ।

नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन् । “गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने रु अरुको जीवनमाथि किन खेलवाड रु सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस् ।” उनले चुनौति दिए ।

उनले गोविन्द केसीलाई वार्तामा आउन समेत आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...