नेपाल विद्यार्थी संघमा भाँडभैलो,संस्थापनलाई चुनौति दिँदै असन्तुष्ट पक्षले बोलायो महाधिवेशन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद थप उग्र बन्दै गएको छ ।  अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितका  असन्तुष्ट समूहका नेताहरुले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बन्दै गएको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म  काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ ।

असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले  अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज  गरेको घोषणा समेत गरेको छ ।  विधान बमोजिम रिक्त २२  जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ ।

यसैबीच बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय गर्दै एकलौटी रुपमा असन्तुष्ट समूहले गरेको महाधिवेशनको घोषणापछि धेरैले नेविसंघ गम्भीर मोडमा पुगेको भनि टिप्पणी गरेका छन् ।

मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने  देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...