नेकपामा ओली र प्रचण्ड मिल्दा ७० वर्षे उमेर हद गायव, क – कस्लाई भो फाइदा, उमेर हद राख्ने र हटाउने यस्तो छ भित्री खेल



 

तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम गरिएको थियो । त्यही उमेर हदका कारण भरतमोहन अधिकारी केन्द्रीय सदस्य बन्न पाएनन् ।

 

पार्टी विधानको त्यही व्यवस्थाले सिद्धिलाल सिंह पनि केन्द्रीय समितिबाट विदा लिएर जेष्ठ कम्युनिष्ट मञ्चतिर जान बाध्य भए । मोदनाथ प्रश्रतिले त झनै विधानको व्यवस्था लागू हुनुअगावै स्वेच्छिक अवकाश लिए ।

 

एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद कायमै रहेको भए आगामी महाधिवशेनमा धेरै नेताहरुले केन्द्रीय कमिटीबाट हात धुनुपर्ने हुन्छ । तर, एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने क्रममा अहिले ७० वर्षे उमेर हद सुटुक्कै गायब भएको छ ।

 

उसो त यसअघि तत्कालीन एमालेमा शीर्षनेताहरुले यो ७० वर्षे उमेर हद त्यति धेरै रुचाएका थिएनन् । बामदेव गौतमले त आफूलाई अध्यक्ष हुन नदिन यो व्यवस्था ल्याएको भन्दै सार्वजनिक रुपमै ७० वर्ष उमेर हदको विरोध गरेका थिए ।

 

वि.सं २००५ सालमा जन्मिएका नेता गौतम अहिले नै ७० वर्ष पुगिसकेका छन् । विधानमा उमेर हदको व्यवस्था कायमै गरिएको भए आगामी महाधिवेशनमा गौतम केन्द्रीय सदस्यसमेत बन्न पाउने थिएनन् ।

 

यदि एकीकृत पार्टीको अन्तरिम विधानमा पनि यो व्यवस्था कायम गरिएको भए गौतम मात्र होइन, केपी शर्मा ओली पनि उमेर हदकै कारण अध्यक्ष बन्न पाउने छैनन् । किनभने, नेकपाले अबको २ वर्षमा एकता महाधिवेशन गर्ने भनेको छ ।

 

एकता प्रक्रियाका धेरै काम बाँकी नै रहेकाले महाधिवेशन गर्दा ०७८ साल लाग्यो भने २००८ सालमा जन्मेका केपी ओली त्यसबेला ७० वर्ष पुग्नेेछन् । केपी ओलीभन्दा एक वर्ष कान्छा माधवकुमार नेपाल र झलनाथ खनाल पनि आगामी महाधिवेशनसम्म ७० को नजिक पुग्नेछन् ।

 

तर, एमालेको विधानको प्रावधान नहटाइएको भए पनि भावी अध्यक्षका दाबेदार रहेका माधवकुमार नेपाललाई आगामी महाधिवेशनमै उमेर हद लाग्ने थिएन ।

 

नेकपाका अध्यक्ष प्रचण्ड अहिले ६४ वर्ष पुसेका छन् । विधानमा ७० वर्षे उमेर हद तोकिएको भए केपी ओलीभन्दा ३ वर्ष कान्छा रहेका प्रचण्डलाई अध्यक्ष बन्न सबैभन्दा सजिलो हुनेथियो ।

 

नेकपाका अन्य नेताहरुमध्ये नारायणकाजी श्रेष्ठ ५८ वर्षमात्र पुगेका छन् भने विष्णु पौडेलको उमेर ५९ वर्ष छ । त्यस्तै ईश्वर पोखरेल ६५ वर्ष र रामबहादुर थापा बादल ६३ वर्ष पुगेका छन् ।

 

पार्टीको एकीकृत विधानमा ७० वर्षे प्रावधान राखिएको अवस्थामा ओली, वामदेवलगायतका नेतालाई जति ‘रिस्क’ थियो प्रचण्ड, ईश्वर पोखरेल लगायता नेतालाई उति नै अवसरको ढोका खुल्ने थियो ।

 

७० वर्षे उमेर हद किन राखियो, किन हटाइयो ?

एमालेको महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद एकीकृत पार्टीको विधानमा कसले किन हटायो ? यसबारे स्पष्ट हुन सकेको छैन ।

 

एमालेको नवौं महाधिवेशनबा बेला नेता ईश्वर पोखरेलले विधानमा ७० वर्षे प्रावधान घुसाएको सो पार्टीका नेताहरु बताउँछन् । उमेर पुगेका नेतालाई केन्द्रीय सदस्य बन्न नदिने प्रावधानलाई युवाहरुले पनि समर्थन गरेका कारण त्यो नवौं महाधिवेशनबाट पारित भएको थियो ।

 

‘१० औं महाधिवेशनमा वामदेव गौतम बन्न नसकुन् भनेर ईश्वर पोखरेल र केपी ओलीकै सहमतिमा विधानमा ७० वर्षे प्रावधान विधानमा राखिएको थियो,’ नेकपाका एक नेताले अनलाइनखबरसँग भने,’अहिले पार्टी एकता भएपछि अन्तरिम विधानमा महासचिव विष्णु पौडेलले सबै नेताहरुलाई खुशी पार्नका लागि ७० वर्षे प्रावधान हटाउन भूमिका खेले ।’

 

यसैवीच नेकपाको अन्तरिम नियमावलीबारे सुझाव संकलन गर्न हालै बसेको स्थायी कमिटीको बैठकमा तत्कालीन एमालेका नेताहरुले ७० वर्षे उमेर हदबारे प्रश्न उठाएका छन् ।

 

योगेश भट्टराईसहितका नेताहरुले यो व्यवस्था हटाएकोमा स्थायी कमिटीको बैठकमा असन्तुष्टि जनाएका हुन् ।
तर, युवा नेताले ७० वर्षे प्रावधान राख्न आग्रह गरे पनि ६५ कटेका नेताहरुले भट्टराईको आवाजलाई सुनेको नसुन्यै गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक