बैंकहरुको २ खर्ब ऋण डुब्यो, यसरी टाट पल्टिदै छ वाणिज्य बैक



 

बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् ।

 

असार २५ गतेसम्म २ खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार २ सय १४ रुपैयाँ बराबरको ऋण उठाइदिन माग गर्दै न्यायाधीकरणमा मुद्दा परेको न्यायाधीकरणका प्रवक्ता भेषराज कोइरालाले बताए ।
विभिन्न बैंक तथा वित्तिय संस्थाले १ सय ९८ वटा मुद्दा न्यायाधीकरणमा दर्ता गराएका छन् । गत आर्थिक वर्षमा यस्तो मुद्दा १०६ वटा मात्र परेको थियो ।

 

निजामती कर्मचारीको उमेरहद 
अर्थ मन्त्रालयले प्रस्तावित संघीय निजामती ऐनमा निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष पुर्याउने प्रस्ताव अगाडि सारेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि राय दिँदै अर्थ मन्त्रालयले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउन प्रस्ताव गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा ५८ वर्ष उमेर पुगेको निजामती कर्मचारीले स्वतः अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

 

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा ऐनको मस्यौदा अहिले छलफलको क्रममा छ । मस्यौदामाथि रायका लागि अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ मन्त्रालयले आफ्नो राय पठाइसकेको छ । अर्थ मन्त्रालयले सेवा निवृत्त हुने कर्मचारीको निवृत्तिभरण र उपदानका लागि राज्यकोषबाट भइरहेको खर्चको भार घटाउन कर्मचारीको उमेरहद बढाउने राय दिएको छ ।

 

अर्थ मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष कायम राख्न राय दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

 

जनसंख्याको आधारमा आरक्षण नभए आन्दोलन ! 
दलित अगुवाहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि २ नम्बर प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको प्रदेश प्रहरी सेवा सम्बन्धी ब्यबस्था गर्न बनेको बिधेयक सच्याउने बताएको छ ।
दलित अगुवाहरुले   जनसंख्याको आधारमा आरक्षण नदिएको भन्दै बुधबारदेखि प्रदेशसभा घेराउ गर्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरीलाई दिइने आरक्षणमा त्रुटि भएको स्वीकार गर्दै जनसंख्याकै आधारमा आरक्षणको ब्यबस्था गर्न संशोधन गरिने बताए ।  ‘दलित अगुवाहरूले अब  आन्दोलन गर्नुको कुनै औचित्य छैन, उहाँहरूलाई  आफ्नो आन्दोलन फिर्ता लिन आग्रह गर्दछु’, मन्त्री यादबले लोकान्तरसंग भने ।

 

यता दलित अधिकार परिषदका संयोजक राजाराम पासवानले मन्त्री यादबले संञ्चारमाध्यममा भन्दैमा आफूहरूको आन्दोलनको पूर्ब घोषित कार्यक्रम फिर्ता नहुने बताएका छन् । सरकारले आफूहरूसँग बार्ता गरेर लिखित सम्झौता नगरेसम्म आन्दोलनको कार्यक्रम फिर्ता नहुने पासवानले बताएका छन् ।

 

५० जनाको मृत्यु
केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ ।

 

पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित
नेपाली काँग्रेसका नेता किरणराज शर्मा पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीचनेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।

 

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विचार गोष्ठीमा उनर्ले मान अवस्थामा पपार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए ।

 

महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए ।

 

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा
जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।

मंगलबारदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर मंगलबारदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

 

शान्ति समाजको धर्ना
सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि शुरु गरेको भन्दै त्यसविरुद्ध मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण मूलद्वार अघि धर्ना दिएको छ ।

 

नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नेतृत्वको सरकारले कानूनको शासनको उपहास गर्दै स्वेच्छाचारी क्रियाकलाप शुरु गरेको समाजको आरोप छ । यसका विरुद्ध धर्ना दिँदा शान्तिवादीलाई पक्राउ गरिएको समाजका महासचिव उत्तम पुडासैनीले बताए ।
धर्नाबाट प्रहरीले २५ जना सत्याग्रहीलाई गिरफ्तार गरेको समाजले जनाएको छ ।

 

लुटपाट

महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै मंगलबार दिउँसो ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् ।

 

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।

जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न माग गर्दै सांसद राधेश्याम अधिकारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे ।  प्रस्तावको समर्थक द्वयमा सांसद अनिता देवकोटा र रमेशजङ्ग रायमाझी छन् । सो प्रस्तावमाथि मंगलबार नै देखि छलफल सुरु भएको छ ।

 

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएको छ ।

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।

 

आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

 

गुफामा थुनिएका सबैजनाको उद्धार
थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।
फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।

 

नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो ।
नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।”

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक