सिहँदरबारभित्रै साठी करोडको भ्रष्टाचार, अख्तियारले हाल्ने भयो यिनलाई जेल



हाम्रो इकोनोमि

 

आमसर्वसाधारण जनताले आफ्ना गुनासो, पीरमर्का, असुविधा र अनेक भुक्तमानका कहानी बिसाउने थलो हेलो सरकारको उपकरण खरिदमा नै घोटाला भएको तथ्य बाहिरिएको छ । उपकरण खरिदमा घोटाला भएको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसको छानबिन अख्तियारमार्फत गर्ने तयारी गरेको स्रोतको दावी छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार’को कल सेन्टरका लागि आवश्यक उपकरण खरिदका क्रममा घोटाला भएको हो । हेलो सरकारले ५ विकास क्षेत्रमा हेलो सरकारको युनिट खडा गर्नका लागि विभिन्न उपकरणहरू खरिद गरेको थियो ।

 

यद्यपि, ती उपकरण के के हुन् भन्ने खुलाइएको छैन । तर, त्यसमा व्यापक आर्थिक अनियमितता भएको स्रँेतको दावी छ । अनियमितताको तथ्य बाहिरिएसँगै यसमाथि छानबिनको तयारी भएको बुझिएको छ ।

 

स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हेलो सरकारका लागि ६० करोड मूल्यका उपकरणहरू विभिन्न समयमा खरिद गरेको थियो । आफूनिकटकासँगको सेटि¨मा कम मूल्यका उपकरण महँगो दरमा खरिद गरेर कमिसन खाएको उजुरी परिरहेकै बेला उपकरणहरू बिग्रिएपछि प्रधानमन्त्रीको सचिवालयले समेत यसमा चासो राखेको स्रोत बताउछ ।

 

खरिद गरिएका उपकरणमध्ये २ स्थानमा राखिएका छोटो समयमा नै बिग्रिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का एक अधिकारीले उपकरण खरिद शंकाको घेरामा तानिएपछि यसमाथि छानबिन अघि बढेको बताए ।

 

स्रोतका अनुसार, उपकरण खरिद घोटाला प्रकरणमा मुकेश रेग्मीसहित प्राविधिक शाखाका कर्मचारी तानिएका छन्. । प्राविधिक उपसचिव रेग्मीसहितका कर्मचारीमाथि कम गुणस्तरको उपकरण खरिद गरेर कमिसन खाएको आरोप छ । रेग्मी यसअघि पनि विवादमा आएका व्यक्ति हुन् ।

 

खासगरी सफ्टवेयर र हार्डवेयरको खरिदमा उनी पटक पटक विवादमा पर्दै आएको स्रँेत बताउछ ।  यसपटक भने उनको समूह ६० करोडको उपकरण खरिद विवादमा मुछिएको छ ।

 

उपकरण खरिदमा अनियमितताको तथ्य बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समेत यसमा चासो दिएको खबर छ । स्रोतका अनुसार, ओलीको सचिवालयले अख्तियारमार्फत छानबिन गराएर संलग्न कर्मचारीमाथि छानबिन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...