पेरिसडाँडाको जग्गा विक्री प्रकरण, यसरी जाने भो जम्मरकट्टेलको मन्त्री पद



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शालिकराम जम्मरकट्टेललाई तीन नम्बर प्रदेशको मन्त्रीबाट हटाउने वर्षमान पुनको भनाइलाई स्वागतयोग्य भएको बताएका छन् ।

 

शालिकराम जम्मरकट्टेलसहित अखिल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीको एउटा टोलीले पेरिसडाँडाको २१ आना जग्गा बेच्न लागेकोमा त्यसको विरोध गर्दै ऊर्जामन्त्री पुनकोमा गएको टोलीलाई पुनले आक्रोसित हुँदै उपरोक्त कुरा बताएको प्रवक्ता नारायणकाजीले आफ्ना निकटका केही पत्रकारलाई बताएका छन् ।

 

महासंघका उपाध्यक्ष जयबहादुर कार्कीको नेतृत्वमा महासंघमा भएको आर्थिक अनियमितताबारेको छानविन समितिले महासंघका पूर्व अध्यक्ष शालिकराम जम्मरकट्टेल, वर्तमान अध्यक्ष गणेश रेग्मीसहितलाई दोषी करार गरेर प्रतिवेदन तयार गरेको र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने आफ्नो मत रहेको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

कम्युनिस्ट विचारअनुसारको कम्युनिस्ट आदर्श कायम गर्नुपर्छ भनेर पार्टीमा आफूले लगातार लड्दै आएको स्मरण गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेको भन्दै उनी निकट स्रोतले भन्यो– ‘पोस्टबहादुर बोगटी र अमिक शेरचनको नेतृत्वमा पार्टीभित्रको आर्थिक अनियमितताका बारेमा छानविन गर्न बनाएको समितिको प्रतिवेदनमात्र पहिले लागू गरेको भए तलतलसम्म यसरी राजनीतिको कभरमा भ्रष्टाचारले जरा गाँड्ने थिएन । त्यो प्रतिवेदन लागू हुन नदिनेमा वर्षमानजीहरु नै थिए, बल्ल घैंटामा घाम लागेछ, जय कार्कीको प्रतिवेदन अब कार्यान्वयन हुनैपर्छ ।’

पेरिसडाँडाको एउटा हिस्सा जमिन बेच्ने शालिकरामहरुको निर्णयलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकेको एकजना मजदूर नेताले बताए  । नेकपाका अध्यक्ष ‘प्रचण्ड’ सिंगापुरबाट फर्केपछि अध्यक्ष प्रचण्डलाई भेट्न मजदूर इञ्चार्ज जयपुरी घर्तीको नेतृत्वमा गएको टोलीलाई प्रचण्डले पेरिसडाँडालाई बेच्न नहुने बताएका थिए ।

युवा स्वरोजगारका नाममा दुई सय मजदूरको नागरिकता जम्मा गरेर शालिकराम, गणेश रेग्मी, धनबहादुर बिक, उषा देवकोटा, जगत सिंखडासहित नेतृत्वले चार करोड रकम चलाएका थिए । जगत सिंखडाले चलाएको रकमको मात्र साँवा ब्याज बुझाइएको स्रोतको दावी छ ।

 

‘व्यवसाय गर्ने नै भएपछि जगत जस्तो इमान्दार पनि त बन्न सकिन्थ्यो, आफू र आफ्नो तजविजीमा रकम हिनामिना गर्ने अनि पार्टीले किनेको सम्पत्ति व्यक्तिको योजनामा प्रयोग गर्ने ? यो बेठीक छ’ वर्षमानले मजदूर टोलीसँग भनेको भन्दै प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

‘पुनको भनाइ सो¥है आना सही छ, कार्की प्रतिवेदन लागू गर्ने हिम्मत गर्नैपर्छ’ प्रवक्ता श्रेष्ठको भनाइ छ । श्रम नै गर्दै आन्दोलनमा जोडिएका जय कार्कीहरुजस्ता अब मजदूर आन्दोलनका नेता हुनुपर्ने, दलाली गर्ने चरित्रका हुनु नहुने पनि प्रवक्ता श्रेष्ठको जोड छ ।

प्रवक्ता श्रेष्ठले पूर्व माओवादीमा चलाइएको राजनीतिक÷आर्थिक शुद्धिकरणको अभियानको नेतृत्व एकीकृत पार्टीमा समेत आफूले गर्ने बताउँदै आएका छन् ।

कालो सूचीमा पर्न लागेका मजदूरलाई कसरी सफाइ दिने भनी जिज्ञासा राख्दा प्रवक्ता श्रेष्ठले भने, ‘यो त ऋण चलाएका मजदूर नेताले पछिल्लो अवस्थामा जोडेको जेथोबाट शोध भर्ना गर्ने हो । यो त मलाई जिम्मा देओस् पार्टीले एक हप्तामा हल गर्छु ।’  साँधु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक