नेकपा सचिवालय बैठक साँझ पुनः बस्ने



हाम्रो इकोनोमि

संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज साँझ पुनः बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो ।

शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...