१५ करोड कमिशनको खेलमा मन्त्री यादव केपी ओलीको प्रस्ताव ठाडै अस्वीककार



हाम्रो इकोनोमि

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति गर्न सकेका छैनन् ।

तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार आरोप लागेपछि मन्त्रालयमा तानिएका गोपाल खड्काले जेठ २४ मा निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि पद रिक्त भएको हो । लामो समयसम्म निगममा फर्किन खोजेका खड्काको प्रयास सार्थक हुन नसकेपछि उनले राजीनामा दिएका थिए ।

खड्काले राजीनामा दिनुअघि र त्यसपछि पनि निगम निमित्त कार्यकारी निर्देशकका भरमा संचालन हुँदैआएको छ । कार्यकारी निर्देशक नभएका कारण निगमको कामकारबाहीमा असर परिरहेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भने कार्यकारी निर्देशक नियुक्तिको विज्ञापन निकाल्ने अझै सुरसार गरेका छैनन् । निगमको कार्यकारी निर्देशक छनोटका लागि सार्वजनिक विज्ञापन निकाल्नुपर्छ ।

तर एक महिनासम्म पनि मन्त्री यादवले नियुक्तिका लागि प्रक्रिया सुरु गरेका छैनन् । मन्त्री यादबलाई निगमको कार्यकारी निर्देशकको लागि कसले बढी कबोल गर्छ भन्दै मोलमोलाईमा लागेको आरोप छ । निगमको कार्यकारी निर्देशक हुन आकांक्षा राख्ने मुकुन्द घिमिरे र अनिलकुमार झा लगायतका सरकारका पूर्वउच्च अधिकारीसँग पनि मन्त्री यादवले भेट गरिसकेका छन् ।

निगमको कार्यकारी निर्देशकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको नाम लिए पनि मन्त्री यादवले उनको नाम ठाडै अस्वीकार गरेका छन् ।

मन्त्री यादव २०६४ मा जनयुद्धलगत्तै क्रान्तिकारी थिए । वनमन्त्री हुँदा भ्रष्टाचार गर्ने तत्कालीन ललितपुरका एलडीओ डुन्डुराज घिमिरेलाई शौचालयमा थुनेर चर्चा पनि कमाए ।

तर पछिल्लो समय उनी धनार्जनतिर केन्द्रित हुन थालेका छन् । उनले आयल निगमको कार्यकारी निर्देशकका लागि १५ करोड रुपैयाँसम्म दिने दाता खोजिरहेकाले पनि नियुक्ति प्रक्रिया लम्बिन पुगेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...