ओली मुर्दावाद भन्दै, यो सरकार कस्तो, श्री ३ जस्तो नारा लगाउदै सिंहदरबारमा धर्ना बसेका कृष्ण पहाडीसहित २५ पक्राउ



हाम्रो इकोनोमि

 

 

सरकारले गरेका स्वतन्त्रता विरोधि निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले २५ जनालाई  पक्राउ गरेको छ।

दिउँसो १ बजे सिंहदरबारमा धर्ना बसेलगत्तै प्रहरीले समाजकाडी, सभाप संस्थापक सभापति कृष्ण पहाडी, डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, प्रताप पौडेल,  उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल लगायत २५ जनालाई गिरफ्तार गरको हो।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, यो सरकार कस्तो, श्री ३ जस्तो, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

यसअघि नेपाल विद्यार्थी संघले सरकारले  माइतीघर मण्डलालाई निषेधित क्षेत्र गरेको घोषणा गरेको भन्‍दै प्रदर्शन गर्दै आएका थिए। उसले ओली सरकारले डा. गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकलाई मनोमानी गर्न खोजेको आरोप लगाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...