डा केसीले जे भन्यो त्यो हुन्न, देशमा कानुन , सरकार पनि छ, एक जनाले देश चलाउन खोज्ने देव गुरुङ



हाम्रो इकोनोमि

 

नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्दे केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका छन् ।   रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भएता पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्बोच्च निकाय संसदले सम्बोधन गर्ने बताए ।
चिकित्सा बिधेककाबारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उनको स्वास्थ्यका बिषयमा सरकार  पनि गम्भीर रहेको बताए ।

 

जनताले बिरोध गर्ने अधिकार मौलिक हकम रहेता पनि बिरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनले बतए । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताए ।

 

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उनले बताए । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै स्विकृति बिना बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उनले बताए ।
पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्इ बृद्धि नियन्त्रण गर्न कठिनाई हुने उहाँले बताए । उनले सकराले दक्षिण तर्फ मात्र नभएर उत्तर तर्फ बाट समेत इन्धन खरिदको प्रक्रिया अघि बढाउन पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...