नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, साउन मसान्तसम्म सवै तहका कमिटी एकीकरण हुने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सरकारको काम कार्वाहीको समिक्षा, आगामी दिनमा अबलम्बन गर्नुपर्ने योजना र सवै तहमा पार्टी एकताको टुंगोलगाउने बिषयमाथि छलफल भइरहेको छ ।

 

आजको बैठकले पार्टीको बिधान र नियमावली फाइनल गरी छपाइमा पठाउने छ । आजको बैठकले बामदेव गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल रहेको कार्यदलले अन्तिम रुप दिएको बिधान र नियमावलीलाई सुझावसहित पारित गर्ने पहिलो कार्यसूची छ । सो कार्यसूचीपछि सरकारको कामको समिक्षा र बिपक्षी आक्रमणबिरुद्ध अलम्बन गर्नुपर्ने नीतिबारे छलफल हुनेछ ।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकबाट नियमावली पारित गरी बिधान र नियमावली दुवै छपाइका लागि पठाउने काम हुनेछ । स्रोतका अनुसार बैठकले बढीमा साउन मसान्तसम्म सवै तहका कमिटीको एकीकरण सम्पन्न गरिसक्ने गरी खाका तयार बनाउने छ ।

 

‘ साउन मसान्तसम्म सवै तहको साँगठानिक एकता सम्पन्न गरी भदौंबाट बैठक बोलाएर साँगठानिक कामलाई तीब्रता दिनेगरी नै योजना बनाइएके छ, बैठकले त्यसैअनुसारको निर्णय लिनेछ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

बैठकमा सरकारको काम, मन्त्रीहरुको काम र सल्लाहकार तथा सचिवालयमा रहेका ब्यक्तिको बारेमा समेत खुलेर छलफल हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...