नेकपाको टोली उत्तर कोरिया जाँदै, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टोली उत्तर कोरिया जाने भएको छ । (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले निमन्त्रणा गरेसंगै प्रचण्ड आफ्नो पार्टीको टोली पठाउन तयार रहेको बताएका हुन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं बर्षगाँठको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आगामी भदौ २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गरेका थिए ।

उक्त निम्ता सत्तारुढ वकर्स पार्टी अफ कोरियाको तर्फबाट दिइएको थियो । निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका हुन् ।

प्रचण्डले पछिल्लो पटक कोरियाली उपमहाद्धीपमा भइरहेको तीब्र राजनैतिक तथा कुटनैतिक बिकासक्रम प्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताए ।

भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।

कोरिया जाने टिमको टुंगो भने लागेको छैन । यसअघि माधव नेपाल नै उत्तर कोरिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...