नेकपाको टोली उत्तर कोरिया जाँदै, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टोली उत्तर कोरिया जाने भएको छ । (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले निमन्त्रणा गरेसंगै प्रचण्ड आफ्नो पार्टीको टोली पठाउन तयार रहेको बताएका हुन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं बर्षगाँठको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आगामी भदौ २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गरेका थिए ।

उक्त निम्ता सत्तारुढ वकर्स पार्टी अफ कोरियाको तर्फबाट दिइएको थियो । निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका हुन् ।

प्रचण्डले पछिल्लो पटक कोरियाली उपमहाद्धीपमा भइरहेको तीब्र राजनैतिक तथा कुटनैतिक बिकासक्रम प्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताए ।

भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।

कोरिया जाने टिमको टुंगो भने लागेको छैन । यसअघि माधव नेपाल नै उत्तर कोरिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...