जापानमा बाढीपहिरोमा परी १२६ को मृत्यु , २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो



हाम्रो इकोनोमि

 

 

जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो ।

सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र पारेको छ । अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेको बताइएको छ । प्रभावित क्षेत्रबाट २० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जापानको सरकारले जानकारी दिएको छ ।

भारी वर्षपछि आएको विपत्तिको कारण जापानी प्रधानमन्त्री सिन्जो अवेको आफ्नो विदेश भ्रमण पनि स्थगित गरेका छन् । जापानको ओकायामालगायतका स्थानहरुमा वर्षाले निकै क्षति पुर्याएको छ ।

अबको केही दिनमा मौसम सफा हुने र उद्धारकार्य पनि सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...