उपप्रधानमन्त्री यादवलाई यसरी थर्काए प्रधानमन्त्री ओलीले , के हो नश्लवाद भनेको, अबदेखी यस्तो नबोल्न चेतावनी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधन नहुने संकेत गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले संविधान संशोधन नहुने बताएका छन् ।

 

उनले संविधान संशोधन दोहोरी गीतको भाका जस्तै बनेकाले यसलाई धेरै गाउन आवश्यक नरहेको बताए । तर, ओलीले संविधान संशोधन गर्ने तीन बुँदे सहमतिसहित जेठ १८ गते संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराएका थिए ।

 

राष्ट्रिय जनता पार्टीका सांसद रमेशप्रसाद यादवले प्रधानमन्त्रीसँग संविधान संशोधनबारे प्रश्न गरेपछि उनले आवश्यकता र औचित्यका अाधारमा हुने बताए । ओली राष्ट्रियसभामा भने, ‘संविधान संशोधन लहड, इगो र प्रतिष्ठाको विषय होइन ।

 

यो आवश्यकताको विषय हो । जनतालाई संविधानले असुविधा भयो भने संशोधन गरिन्छ ।’ उनले संविधानलाई विभेदकारी भनिएको प्रति आपत्ति जनाए । ‘विभेदकारी संविधान ? संविधानमा कहाँ विभेद छ ? देखाउनु प¥यो । छलफल गर्न सरकार तयार छ । संविधान संशोधन दोहोरी गाउने भाका होइन ।’

 

प्रधानमन्त्री ओलीले आफ्नै उपप्रधानमन्त्री उपेन्द्र यादवले धेरै प्रयोग गर्ने ‘नश्लवादी’ शब्दप्रति पनि ओलीले आक्रोश पोखे । उनले भने, ‘एउटा घातक शब्दको प्रयोग हुने गरेको छ । नश्लवादी संविधान रे, यो भनेको के हो ? सधैं नश्लको कुरा गर्ने नश्लवादी नहुने, सबैको साझा विकास गरौं, भन्ने चाहिँ नश्लवादी हुने ?’

 

उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका यादव सरकारमा सहभागी हुनुअघिसम्म ‘नश्लवादी’ शब्द प्रयोग गर्दै संविधान र ओलीको तीखो आलोचना गर्थे । ओलीले २०७२ साल असोजमा जारी भएको संविधानमा कुनै पनि कोणबाट खोट लाउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...