उपप्रधानमन्त्री यादवलाई यसरी थर्काए प्रधानमन्त्री ओलीले , के हो नश्लवाद भनेको, अबदेखी यस्तो नबोल्न चेतावनी



 

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधन नहुने संकेत गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले संविधान संशोधन नहुने बताएका छन् ।

 

उनले संविधान संशोधन दोहोरी गीतको भाका जस्तै बनेकाले यसलाई धेरै गाउन आवश्यक नरहेको बताए । तर, ओलीले संविधान संशोधन गर्ने तीन बुँदे सहमतिसहित जेठ १८ गते संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराएका थिए ।

 

राष्ट्रिय जनता पार्टीका सांसद रमेशप्रसाद यादवले प्रधानमन्त्रीसँग संविधान संशोधनबारे प्रश्न गरेपछि उनले आवश्यकता र औचित्यका अाधारमा हुने बताए । ओली राष्ट्रियसभामा भने, ‘संविधान संशोधन लहड, इगो र प्रतिष्ठाको विषय होइन ।

 

यो आवश्यकताको विषय हो । जनतालाई संविधानले असुविधा भयो भने संशोधन गरिन्छ ।’ उनले संविधानलाई विभेदकारी भनिएको प्रति आपत्ति जनाए । ‘विभेदकारी संविधान ? संविधानमा कहाँ विभेद छ ? देखाउनु प¥यो । छलफल गर्न सरकार तयार छ । संविधान संशोधन दोहोरी गाउने भाका होइन ।’

 

प्रधानमन्त्री ओलीले आफ्नै उपप्रधानमन्त्री उपेन्द्र यादवले धेरै प्रयोग गर्ने ‘नश्लवादी’ शब्दप्रति पनि ओलीले आक्रोश पोखे । उनले भने, ‘एउटा घातक शब्दको प्रयोग हुने गरेको छ । नश्लवादी संविधान रे, यो भनेको के हो ? सधैं नश्लको कुरा गर्ने नश्लवादी नहुने, सबैको साझा विकास गरौं, भन्ने चाहिँ नश्लवादी हुने ?’

 

उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका यादव सरकारमा सहभागी हुनुअघिसम्म ‘नश्लवादी’ शब्द प्रयोग गर्दै संविधान र ओलीको तीखो आलोचना गर्थे । ओलीले २०७२ साल असोजमा जारी भएको संविधानमा कुनै पनि कोणबाट खोट लाउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक