तुईन युग समाप्त भयो : झोलुङ्गे पुल नअड्ने ठाउँमा केबुलकार झुण्ड्याइन्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक रिपोर्टलाई समेत चुनौती दिएर तुईन युग समाप्त हुने घोषणा गरेका छन् ।राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालय मातहतका निकायको बजेटका सन्दर्भमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले तुईन युग समाप्त हुने घोषणा गरेका हुन् ।

 

उनले भने, ‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा तुईन विस्थापित गर्ने योजना ल्याएको थिएँ । म बीचमा नहुँदा त्यसको काम ठप्प भएछ । अहिले फेरि गति लिएको छ । अब तुईन रहँदैनन् ।’

 

९०–९५ वटा तुईन विस्थापित भईसकेका छन् । १६ ठाउँमा तुईन विस्थापित गर्न सकिँदैन भन्ने प्राविधिक रिपोर्टलाई पनि मैले चुनौती दिएर भनेको छुँ, उनले भने, ‘त्यहाँ झोलुङ्गे पुल अडिँदैन भने केवलकार बनाइन्छ । तुइनबाट कोही नेपालीका छोरा छोरीले खस्नु पर्दैन ।’ केवलकार बनाउन भलै अलिक बढी खर्च होला तर, तुईन युग सम्माप्त हुन्छ ।

 

आज भोलि खुब तुईनका फोटा देखाईरहेका छन् । उनले हाँस्दै भने, ‘कतै कतै बाँकी रहेकाहरुको फोटो खिचेर ल्याएका हुन् वा पोहोर परारका बचेकुचेका । खुब पोष्ट्याईरहेका छन् ।’ मैले भनेको पनि थिए, ‘तुइनको फोटो खिचेर राख्नु भोलि छोरा नातीलाई यस्तो थियो भनेर देखाउन हुन्छ भनेर ।’

 

हाम्रा मन्त्रालय पनि कस्ता छन भने, काम गरिसकेपछि खुसी भएर बस्दिन्छन्, प्रचार गर्दैनन्, त्यसैले तुईनका फोटो देखिरहनु परेको छ । उहाँहरुलाई धन्यवाद छ, किन भने मलाई छिटाे गर भिनरहेका छन् । तुईन विस्थापित गर्ने भनेको फलामको डोरी मात्रै हटाउने होईन, उनले भने, ‘जनताको असुविधा हटाउने हो ।

 

आँशु हटाउने हो । कष्ट हटाउने हो ।’ प्रतिपक्षीलाई उनले खुसी हुनुस् भने । उनले तपाईहरुले भ्रष्टाचार नगर्ने इमानदार र काम गर्ने प्रधानमन्त्री पाउनु भएको छ, खुसी हुनुुस्, भने,, अनि वक्तव्य टुंग्याए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...