जुम्लामा भोकै सुत्ने र सडकमा कराउने आफैँ चुप लाग्छन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी र प्रतिपक्षी नेपाली कांग्रेसप्रति सरकार कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । सोमाबार बसेको नेकपाको संसदीय दलको बैठकमा ओलीले केसी र कांग्रसप्रति कटाक्ष गरेका हुन् ।

 

उनले प्रतिपक्षी कांग्रेसले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको भन्दै आपत्ति जनाए । दलको बैठकमा प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेको बताए ।

 

हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नुहोस् । अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ, ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिए । ‘विधि,विधान,कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ? उनले प्रश्न गरे ।

 

काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको बताए । ‘कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं, प्रधानमन्त्री ओलीले भने ।

 

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै आएको दाबी गर्दै ओलीले भने, ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र ? नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न मिल्छ ?’

 

संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले बताए । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने उनको भनाइ छ ।

निर्वाचन आचार संहिता लागु भएपछिका राजनीतिक नियुक्तीहरु खारेज गरिएको उनले सांसदहरुलाई जानकारी दिए ।

 

उनले भने, ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् ।’ प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा साँसदहरुलाई अडानका संसदमा प्रस्तुत हुन निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...