ओलीलाई मीनेन्द्र रिजालको चेतावनी– रोबर्ट मुगाबेको बाटो नरोज्नुस् !



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्बाब्वेका पूर्व शासक रोबर्ट मुगाबेको बाटो नरोज्न चेतावनी दिएका छन् ।

मुगाबेलाई जिम्बाब्वेको सर्वसत्तावादी नेताको रूपमा लिने गरिन्छ ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा डा. केसीको जीवनरक्षाका लागि कांग्रेसका सांसद दिलेन्द्र बडुले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा रिजालले प्रधानमन्त्री ओलीमा सत्ताउन्माद बढेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘सरकारमा सत्ताको उन्माद देखिँदैछ, सत्ता उन्मादको बाटो रोबर्ट मुगावेको बाटो हो, प्रधानमन्त्रीज्यू यो बाटो नरोज्नुस्,’ रिजालले भने ।

रिजालले डा. गोविन्द केसीलाई सर्वसत्तावादी भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति पनि विरोध जनाए ।

‘सशस्त्र द्वन्द्वको दीक्षामा रहेका गृहमन्त्रीले डा. केसीले लिएको सत्याग्रहको बाटोलाई अधिनाकयवाद् देख्नुहुन्छ’ उनले भने ।

रिजालले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारको पनि विरोध गरे ।

‘प्रम तपाईंले लामो संघर्ष गरेको हो, सत्ता उन्माद ज्ञानेन्द्रको सर्वसत्तावादको बाटो हो,’ रिजालले प्रश्न गरे, ‘कुलप्रसादलाई नियन्त्रणमा लिनु लोकतन्त्रको बाटो भयो ?’

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...