संसदमा यसरी गर्जे योगेश भट्टराई, गोविन्द केसी र गंगामायाको नाममा इमोसनल ब्याकमेलिङ’ नर्गन चेतावनी



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् ।

 

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

 

भट्टराईले कांग्रेस जोगाउन अब गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो भनी प्रश्न पनि गरे ।

 

डा. केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्दै दाबी गलत भएको उनले बताए । नेकपाका सांसद भट्टराईले भने, उहाँ आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो । यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं ।’

उनले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो भनेर प्रश्न समेत गरेका छन् ।

 

काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने भन्दै सांसद भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...