नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै माइतीघर मण्डलामा  प्रदर्शन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै सोमबार माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ ।

 

अध्यक्ष नैनसिंह महर नेृत्वको नेविसंघका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’  आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
 

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अतिवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’  ‘गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए ।

 

सरकारले तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...