नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै माइतीघर मण्डलामा  प्रदर्शन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै सोमबार माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ ।

 

अध्यक्ष नैनसिंह महर नेृत्वको नेविसंघका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’  आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
 

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अतिवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’  ‘गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए ।

 

सरकारले तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...