संविधान संशोधन नभए सरकारमा नजाने राजपाको निर्णय, सडक आनदोलन नगर्ने चेतावनी



 

राष्ट्रिय जनता पार्टीले आगामी वैशाख मसान्तभित्र महाधिवेशन गर्ने गरी विधान संशोधनलाई अन्तिम रूप दिएको छ । तल्लो तहदेखि महाधिवेशन गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहिरहेका वेला राजपाले त्यस विषयमा अध्यक्ष मण्डलमा लगभग सहमति गरेको छ ।

राजपाको अध्यक्षमण्डलले तल्लो तहदेखि नै महाधिवेशन गर्दै ल्याउने भनी विधानमा उल्लेख गर्ने सहमति नजिक पुगेको छ ।

अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले केन्द्रीयस्तरको मात्र महाधविशेन गर्नुपर्ने भन्दै फरक प्रस्ताव ल्याएपछि राजनीतिक समितिले यसलाई अन्तिम टुंगो लगाउन अध्यक्ष मण्डललाई अधिकार दिएको छ ।

आइतबार बसेको अध्यक्षमण्डलको बैठकले तल्लो तहदेखि नै महाधिवेशन गर्ने भन्दै संगठनको नामांकण पनि गर्ने निर्णयको तयारी गरेको छ ।

पुरानो विधानअनुसार निर्वाचन आयोगले असार मसान्तभित्र अधिवेशन गरेर जानकारी गराउनु भन्दै अल्टिमेटम सहितको पत्र पठाएपछि झस्किएको राजपा विधान नै संशोधन गर्ने तयारीमा जुटिरहेको छ । उसले असार मसान्तसम्म सो विधान संशोधन गरी आयोगलाई बुझाइसक्नुपर्नेछ ।

आयोगको पत्रसँगै विधान परिमार्जनका लागि राजपाले नेता लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला सदस्य रहेको विधान परिमार्जन समिति बनाएको थियो ।

सो समितिले बुथ समितिदेखि केन्द्रीय समितिसम्मको महाधिवेशन गर्ने विषयमा अध्यक्ष मण्डलका सदस्य यादव तयार सहमत नभएपछि विवाद बल्झिएको हो । ६ सदस्यीय अध्यक्षमण्डलमा राजेन्द्र महतो, शरदसिंह भण्डारी र महन्थ ठाकुर पनि तल्लो तहबाटै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

तर, राजकिशोर यादव र अनिल झा भने यस विषयमा अहिले मौन बसेपछि निर्णय लिन सकस भएको हो । तर, स्रोतका अनुसार अध्यक्षमण्डल विधान परिमार्जन समितिको सिफारिसअनुसार नै तल्लो तहदेखि नै महाधविशेन गर्दै लैजाने निर्णयको नजिक पुगेको छ । मंगलबारसम्म यस विषयमा निर्णय हुने उच्चस्रोतले जानकारी दिएको छ ।

महेन्द्र राय भने पार्टीको पहिलो एकताको महाधिवेशन भएका कारण एकतालाई झल्को दिन पनि केन्द्रीय महाधिवेशन मात्रै गर्नुपर्ने धारणा राख्छन ।

हाल रहेका करिब आठ सय केन्द्रीय सदस्यलाई नै महाधिवेशन प्रतिनिधि मान्नुपर्ने बताएका छन् । तर, पार्टीको संगठन तल्लो तहदेखि नै भद्रगोल रहेकाले तलबाट नै मिलाउँदै आएर पार्टीलाई दरिलो बनाउनुपर्ने पक्षमा महतो समूह रहेको छ ।

यसैबीच, संसदीय दलको नेता पनि छान्न राजपालाई अहिले सकस परेको छ । ठाकुर र महतोले आआफ्नो अडान नछाडेपछि सोमबार संसदीय दलको बैठक बोलाइएको छ ।

बैठकले दलको विधानका विषयमा आवश्यक निर्णय लिने र एक÷दुई दिनभित्रै दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक हुने एक नेताले जानकारी दिएका छन् । दलको विधान बनाउने जिम्मेवारी पनि अध्यक्षमण्डललाई दिएको छ ।

यसैबीच, राजपाले संविधान संशोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई सोमबार नै भेटेर दबाब दिने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक