सिहंदरबारको अधिकार गाउँमा पु¥याउने यस्तो छ तयारी,के के पाउदैछन् स्थानीय निकायले अधिकार



हाम्रो इकोनोमि

सरकारले स्थानीय तहलाई काम कारबाहीमा सहजीकरण गर्न ३८ वटा कानूनको ढाँचा तयार गरी उपलब्ध गराएको छ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहलाई बलियो, प्रभावकारी एवं साधन र स्रोतले सम्पन्न गराउन नीतिगत व्यवस्थालाई विशेष जोड दिइएको हो । त्यसमा स्थानीय तहलाई बलियो, प्रभावकारी र जनमैत्री बनाउन सहयोग पुग्ने कानून रहेका छन् ।

बजेट परिचालन, आयोजना छनोट, अनुदान तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । स्थानीय तहलाई नागरिकको सेवासँग जोडनका लागि कर्मचारीको सहज उपलब्धता र कार्यान्वयनमा विशेष जोड दिइएको जानकारी दिँदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनतालाई केन्द्रमा राखेर दिगो विकासको लक्ष्य, राष्ट्रिय तथा क्षेत्रीय नीति तय गरिएको बताउनुभयो ।

पछाडि परेका वर्गको संरक्षण, सशक्तीकरण, समावेशी, समतामूलक विकास तथा सहभागितालाई विशेष जोड दिइएको उल्लेख गर्दै उहाँले पूर्वाधारको विकास र क्षमताको अभिवृद्धिलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो ।

नेपालमा संघीयता नयाँ अभ्यास भएकाले गर्दै सिक्दै जाने अवस्था रहेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय तथा प्रदेश सरकार मातहत पठाइने कर्मचारीको रोष्टर तय भइसकेको, धेरैजसो स्थानमा कर्मचारी पठाइसकेको र केही स्थानमा बाँकी रहेको पाइए ती स्थानमा समेत कर्मचारी पठाइने जानकारी दिनुभयो ।

मन्त्री पण्डितले महिला अधिकृतलाई सम्बन्धित स्थानीय निकायमा खटाइएको र उनीहरुलाई कानूनले तोके बमोजिमको जिम्मेवारी प्रदान गरिने स्पष्ट पार्नुभयो । उहाँले संविधानले व्यवस्था गरेको तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुक अगाडि बढिसकेकाले अबको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...