खाली गरेको ठाउँमा छिट्टै नियुक्ति दिने प्रधानमन्त्री ओलीको तयारी, गाउँदेखि केन्द्रसम्म यसरी हुँदैछन् विभिन्न पदमा एकमुष्ट नियुक्ती 



प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गाउँदेखि केन्द्रसम्म एकमुष्ट विभिन्न पदमा नियुक्ती गर्ने तयारीमा जुटेका छन् ।

स्रोतका अनुसार विभिन्न संस्थानदेखि अन्य क्षेत्रमा पनि एकमुष्ट नियुक्ती गर्ने ओलीको चाहना छ । सोही अनुसार अहिले उनले आफू निकटका नेताहरुसँग परामर्श समेत थालेका छन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका कर्मचारीहरु हटाउने निर्णय वर्तमान सरकारले गरिसकेको छ । अब रिक्त रहेका विभिन्न पदहरुमा छिट्टै नियुक्ती गर्नेगरि ओलीले आन्तरिक तयारी थालेका छन् ।

विभिन्न संस्थानका महाप्रबन्धक बनाउनेदेखि लिएर प्रदेश प्रमुखहरुपनि नयाँ नियुक्ती गर्ने सरकारको तयारी रहेको स्रोतको दाबी छ । यद्धपी सरकारले प्रदेश प्रमुखहरुलाई तत्काल नहटाउने मनशाय बनाएकोपनि बुझिएको छ ।

प्रधानमन्त्री ओलीले नियुक्ती’दयगत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गर्न लागेका छन् । अध्यक्षद्धय ओली र प्रचण्डको सहमतिमै सबै नियुक्तीहरु टुँगो लगाउने सरकारको योजना छ । सम्भवतः अबको एक दुई हप्ताभित्रै नियुक्तीको प्रक्रिया अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी छ । यसको लागि उनले आफू निकटका नेता एवम् मन्त्रीहरुलाई समेत आवश्यक निर्देशन दिईसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक