खाली गरेको ठाउँमा छिट्टै नियुक्ति दिने प्रधानमन्त्री ओलीको तयारी, गाउँदेखि केन्द्रसम्म यसरी हुँदैछन् विभिन्न पदमा एकमुष्ट नियुक्ती 



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गाउँदेखि केन्द्रसम्म एकमुष्ट विभिन्न पदमा नियुक्ती गर्ने तयारीमा जुटेका छन् ।

स्रोतका अनुसार विभिन्न संस्थानदेखि अन्य क्षेत्रमा पनि एकमुष्ट नियुक्ती गर्ने ओलीको चाहना छ । सोही अनुसार अहिले उनले आफू निकटका नेताहरुसँग परामर्श समेत थालेका छन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका कर्मचारीहरु हटाउने निर्णय वर्तमान सरकारले गरिसकेको छ । अब रिक्त रहेका विभिन्न पदहरुमा छिट्टै नियुक्ती गर्नेगरि ओलीले आन्तरिक तयारी थालेका छन् ।

विभिन्न संस्थानका महाप्रबन्धक बनाउनेदेखि लिएर प्रदेश प्रमुखहरुपनि नयाँ नियुक्ती गर्ने सरकारको तयारी रहेको स्रोतको दाबी छ । यद्धपी सरकारले प्रदेश प्रमुखहरुलाई तत्काल नहटाउने मनशाय बनाएकोपनि बुझिएको छ ।

प्रधानमन्त्री ओलीले नियुक्ती’दयगत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गर्न लागेका छन् । अध्यक्षद्धय ओली र प्रचण्डको सहमतिमै सबै नियुक्तीहरु टुँगो लगाउने सरकारको योजना छ । सम्भवतः अबको एक दुई हप्ताभित्रै नियुक्तीको प्रक्रिया अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी छ । यसको लागि उनले आफू निकटका नेता एवम् मन्त्रीहरुलाई समेत आवश्यक निर्देशन दिईसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...