विदा हुने बेला भावुक हुँदै सिइओ भुसालले भने,सरकारले धन्यवाद समेत दिएन



हाम्रो इकोनोमि

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् ।  पदमुक्त गरिएको पत्र दिँदा  भावुक हुँदै सिइओ भुसालले भने  सरकारले धन्यवाद समेत दिएन  ।

पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै सरकारले चालेको कदम भने स्वागत योग्य रहेको बताएका छन् ।

आफ्नो साढे ८ महिना कार्यकाल सफल भएको बताउदै अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए । सरकारले आफूलाई लक्षित गरि पदमुक्त गरेको नभई २०७४ भदौ १४ देखि फागुनसम्म अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई सेवामुक्त गरेकोले त्यसमा कुनै गुनासो नरहेको उनको भनाई थियो ।

आफ्नो कार्यकालमा निजी आवास पुनर्निर्माणतर्फ २ लाख ३५ हजार भन्दा बढी घर निर्माण भएको, ५ लाख ४ हजार भन्दा बढी घर निर्माण भइरहेको, ७ लाख १२ हजार बढीले पहिलो किस्ता, ४ लाख ४१ हजारले दोश्रो किस्ता र १ लाख ९४ हजार बढीले तेश्रो किस्ता रकम पाएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...