डा. केसीले भने जसरी उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिँने भन्दै प्रधानमन्त्री केपी ओलीले डा. केसीलाई यसरी दिए दनाक



प्रधानमन्त्री केपी ओलीले वरिष्ठ डा। गोविन्द केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुसित शनिबार विकास निर्माणबारे छलफल गर्दै प्रम ओलीले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै पार्टी प्रवेश गर्न चुनौति दिएका हुन् ।

छलफल गर्दै उनले कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा। गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी समेत दिएका छन् । उनले डा।केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए ।

केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए । साथै छलफलमा प्रम ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक