सञ्चार मन्त्रालयले १५ जनालाई थमायो जागिर खोसिएको चिठी, क कस्को गयो जागिर नाम सहित



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।

 

सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले पत्र काटेको हो । १५ जनालाई नियुक्ति बदरको पत्र दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

 

नियुक्ति बदरको पत्र पाउनेमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारी छन् ।

यस्तै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीको नियुक्त पनि बदर भएको छ ।

 

नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् ।

नियुक्ति बदर फिर्ता लिन माग

 

नेपाल प्रेस युनियनले शेरबहादुर देउवा नेतृत्वको सरकारकोसञ्चार सम्वद्ध संस्थाहरुमा प्रक्रियागत ढंगले नियुक्त भएकाहरुलाई पनि हटाइएको भन्दै आपत्ति जनाएको छ ।

 

विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाहरुलाई दवाव दिई जिम्मेवारी छोड्न बाध्य बनाउने र नयाँ नियुक्ति गर्दा पनि यसअघिको सरकारले बनाएको कार्यविधिलाई लत्याएको पनि प्रेस युनियनले आरोप लगाएको छ ।

 

विभिन्न प्रक्रिया पार गरी नियुक्त भएकाहरुलाई राजनीतिक पूर्वाग्रह राखी हठात हटाउने र आफ्ना कार्यकर्ताको भर्ती गर्ने कार्य भएको पनि युनियनले बताएको छ ।

 

‘सरकारको यसप्रकारको निर्णयले ओली नेतृत्वको यो सरकार सबै विचार आस्था राख्ने आम नागरिकको नभई दल बिशेषको मात्र सरकार भएको हाम्रो ठहर छ’ युनियनको विज्ञप्तिमा भनिएको छ । युनियनले उक्त नियुक्ति खारेजको निर्णय फिर्ता लिन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...