संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी योगेश भट्टराईलाई



हाम्रो इकोनोमि

 

संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिइने भएको छ ।

नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

 

संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निणर्ायक हुन्छ । तर, हालसम्म संसदीय सुनुवाई कर्मकाण्डी मात्रै हुने गरेको भन्दै यो समितिको औचित्यमाथि प्रश्न उठाइँदै आएको छ ।

 

जतिसुकै विवादास्पद व्यक्ति भए पनि संसदीय सुनुवाईबाट अनुमोदन हुने गरेका छन् । नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउनु रहेको एक नेताले बताए ।

 

पहिलो पटक संसदमा निर्वाचित भएका भट्टराई केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिममा उनी प्रधानमन्त्रीको रोजाइमा परेनन् ।

 

संसदीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध पारेका कारण संसदीय सुनुवाई समितिमा सांसदहरुको नाम अनुमोदन हुन सकेको छैन । दलहरुबाट भने समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस भइसकेको छ ।

 

संसद सचिवालयका एक अधिकारका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् । नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् ।

राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ ।

समितिमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...