विपक्षीलाई अझै पेलेर भित्तामै घचेट्ने ओलीको यस्तो छ रणनीति, अब के गर्ला नेपाली काँग्रेस



 

शनिबार साँझ क्यानडा जान लागेका नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति डा कुलप्रसाद कोइराला एयरपोर्टबाट फर्काइए । सरकारको स्वीकृत बिना नै त्यसतर्फ जान लागेको भन्दै उनी फर्काइ । उनी शुशील कोइराला प्रधानमन्त्री हुँदा नियुक्त भएका हुन् ।

सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयन गर्ने क्रममा उनलाई फर्काइको दाबी सरकारी स्रोतले गरेको छ । सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्त पाउनेहरुले सहयोग नगरेको प्रधानमन्त्रीले  आफ्नो किचेन क्याबिनेट भित्र गुनासो गर्दै आएका छन् ।

 

प्रधानमन्त्री निकट स्रोतका अनुसार कानुनले दिए सम्मको अधिकार प्रयोग गरी विगतमा देउवा सरकारले गरेका बाँकी सबै नियुक्ति हटाउने तयारीमा छन् ।

मन्त्रिपरिषद्को यस अघिको बैठकले भदौ १४ पछिका सबै  राजनीतिक  नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सो अनुसार अव देउवा सरकारले गरेका सबै संस्थान प्रमुखहरुलाई हटाउँदै जाने तयारीमा सरकार रहेको स्रोतको दावी छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयविरुद्ध कडा चेतावनी दिए पनि प्रधानमन्त्री ओली आफ्नो कदमबाट पछि नहट्ने मुडमा रहेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले यसै क्रममा यस अघि देउवा सरकारका पालामा नियुक्त भएका राजदूतलाई हटाउने समेत आन्तरिक तयारी गरेका छन्। पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण लगतै कांग्रेस र राप्रापा कोटाबाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने बताएका थिए।

त्यसैगरी सरकारले  सातवटा प्रदेश प्रमुखहरुलाई पनि हटाउने सूचीमा राखेको छ। तर त्यसका लागि  वातावरणको पर्खाइमा रहेको छ ।  यस अघिनै हटाउने गोप्य तयारी गरेको भए पनि  त्यो सार्बजनिक भएकोले सरकार तत्कालका लागि पछि हटेको मात्र हो । सरकारको एकै निर्णयबाट   प्रमुखहरु पदमुक्त भईरहेका छन् ।

आईतबार मात्रै पुन निर्माण प्राधिकारणका कार्यकारी  प्रमुख युवराज भुसाल पदमुक्त भएका छन् । निर्णयपछि पनि राजीनामा दिन तयार नहुनेहरुलाई सरकारले पदमुक्त भएको पत्र दिन थालेको छ । नेपालसमयबाट

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक