जापानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ वेपत्ता



हाम्रो इकोनोमि

 

जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् ।

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् ।

दशौँलाख मानिसलाई सजग रहन भनिएको छ । विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् ।

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ ।

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ । उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...