७२ लागे पूर्व राजा ज्ञानेन्द्र, जन्मदिन मनाउँदै भने नेपालमा चाँडै राजतन्त्र आँउछ



पूर्वराजा ज्ञानेन्द शाहले आज नेपालगञ्जमा आफ्नो ७२ औं जन्म दिन मनाउँदैछन् । नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा शाहलाई शुभकामना दिन राजावादी, स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधरणको भीड लागेको छ ।

उनलाई जन्मदिनको शुभकामना दिन पूर्व झापादेखि पश्चिमका जिल्ला र राजधानीबाट समेत शुभेच्छुकहरु नेपालगञ्ज पुगेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र ७२ बर्ष लागेका छन । नेपालगञ्जमा जन्मदिन मनाउँदै उनले भने नेपालमा चाँडै राजतन्त्र आँउछ । आब धेरै समय कुर्नु पर्दैन भनेका छन ।

जन्म दिनको दिन पारेर उनले आज बिहान नेपालगञ्जको बागेश्वरी मन्दिर गएर पुजा गरेका थिए । जन्म दिन मनाउन शाह, केही दिनअघि पत्नी कोमल लिएर नेपालगञ्ज पुगेका थिए ।

हिमानीसँग डिर्भोस गर्ने मुडमा पारस शाह,नेपालगञ्जमा परिवारसँग नबसी अर्कै होटलमा बसे

पूर्वराजपरिवारका सदस्यहरुसहित नेपालगञ्ज पुगेका पूर्व युवराज पारस शाह छुट्टै होटलमा बसेका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सबै सदस्य सोल्टी होटलमा बसेका छन्।

 

नेपालगञ्जमा आएपछि साँझसम्म सोल्टी होटलमा छोराछोरीसँग गफिएका पारस सुत्न भने साथीहरुसँग सिद्धार्थ होटलमा पुगेका हुन्। छोराछोरीसँग सोल्टी होटलको परिसरमा निस्केर केहीबेर गफ गरेपछि ‘बाई’ भन्दै उनीहरु सिद्धार्थतिर लागेका थिए।

 

बा १४ च २१३१ नम्बरको गाडीमा पारस सिद्धार्थमा आएर सुतेका हुन्। बिहीबार बिहान साढे दश बजे सोल्टी होटलको गेटमा पुगेका पारस फेरि फर्किएका थिए। होटलमा गेटमा पुगे पनि उनी गाडीबाट उत्रिएनन्।

 

पारस शाह नेपालगञ्ज आउँदा पनि बाइरोड भएर गाडीमा आएका थिए। गाडीबाट सिधै सोल्टी होटलमा पुगेका उनी साँझ श्री एयरलाइन्सबाट नेपालगञ्ज आएका पूर्वराजा, रानी, छोरी, नातिनातिनी केहीबेर समर्थकको ‘स्वागत’ पछि होटलमा पुगेका थिए। हिमानी भने अलिकति पहिला नै बुद्ध एयरबाट नेपालगञ्ज आएर सोल्टीमा पुगेकी थिइन्।

 

काठमाडौंमा घरपरिवारबाट छुट्टै बस्ने गरेका पारस नेपालगञ्जमा आएपछि एकै ठाउँम बस्छन् कि बस्दैनन् भन्ने चासोका साथ हेरिएको थियो।

पछिलो समय पारश शाह हिमानीसँग डिर्भोस गर्ने मुडमा रहेको बुझिएको छ । पारशमा सुधार आएपनि हिमानीले विश्वाश नगरेपछि यस्तो अबस्ता आएको बिषेश स्रोतको दाबी छ ।

 

स्रोतका अनुसार, उनी सोल्टी साँझ केहीबेर बस्दा पनि बाबु, आमा, श्रीमती र बहिनीबाट अलग भई छोरीहरुसँग मात्रै कुराकानी गरिरहेका थिए।

 

होटलमा आउने बित्तिकै पूर्वराजाले स्थानीय दिनेश विष्टसँग गफ गरिरहँदा पारस एकातिर छेउमा छोरीहरुसँग कुराकानी गरिरहेका थिए। केहीबेरपछि उनी दुई छोरीलाई लिएर बाहिर निस्केका थिए। छोरीहरुसँग हाँस्दै गफ गरेका पारस केहीबेर पछि बिदा भएर निस्केका थिए।

 

पारस आफ्नै तालले हिड्न थालेपछि यहाँका सुरक्षा अधिकारीहरु चिन्तित भएका छन्। सोल्टीबाट पारस कहाँ गए भन्ने नै धेरैबेरपछि प्रहरीले पत्ता लगाएको थियो।

 

एकथरीले २२ गते साँझ आउने गरी काठमाडौं नै फर्किएको बताइरहेका थिए। पारस बिहीबार दिनभरी पनि सोल्टीमा भन्दा बाहिरबाहिर हिडेका छन्।

 

यही २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन पूर्वराजपरिवारका सदस्यहरु नेपालगञ्ज आइपुगेका छन्। यता, पूर्वराजाको जन्म दिनलाई भब्य बनाउनका लागि राजा समर्थकहरु कस्सिएर लागेका छन्। राजालाई अभिनन्दन पत्र चढाउने तयारी भएको छ।

 

नागरिक अभिनन्दन मूल समितिका संयोजक दीपकबहादुर सिंहले २३ गते राजालाई नागरिक अभिनन्दन पत्र चढाउने तयारी भएको बताए। उनले त्यस विषयमा बिहीबार बिहान पनि राजाका सचिवसँग छलफल गरेर आएका छन्।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक