ओली र प्रचण्ड बिरुद्ध लगाए यस्तो नारा,ओली–प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको भेट भरिन्न



हाम्रो इकोनोमि

 

सरकारले माइतीघर मण्डलासहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी लागु गरेको निषेधाज्ञाको विरोधमा प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थन तथा निषेधाज्ञाको विरोधमा प्रदर्शन भएको हो । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो ।

प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीले ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुन तिर्न हतार लाग्ने के हो ?–मार्सी चामलको भात, भन्दै नारा लगाएका थिए ।

उनीहरुले ‘ओली र प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न’ भन्ने नारा पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...