पेरिसडाँडा बेचेर खाने दाऊ भाँडियो : पाँच करोडको फन्दामा मन्त्री जमकट्टेल



 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकता गरेर जनवर्गीय संगठन मिलाउने तयारी अन्तिम चरणमा पुगिरहेकै बेला एकीकृत पार्टीको सगोलमा सम्पत्तिमा परिणत भएको र अखिल नेपाल ट्रेड युनियन महासंघको नाममा रहेको पेरिसडाँडाको २१ आना जमिन बेच्न पूर्व अध्यक्ष शालिकराम जम्मरकट्टेल, गणेश रेग्मीहरुले ग्राहक खोजिसकेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो हस्तक्षेपपछि रोकिएको खबर छ ।

 

अध्यक्ष ‘प्रचण्ड’ले सिंगापुरबाट नै यो जमिन नबेच्न भनेपछि जम्मरकट्टेल, रेग्मीको टोली पछि हटेको मजदूरहरुबीच व्यापक चर्चा चलेको छ । तर, यस विषयमा  अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्व अध्यक्ष तथा हाल ३ नम्बर प्रदेशका गृह मन्त्री शालिकराम जम्मरकट्टेलसंग सम्पर्क गर्दा आफू  ३ प्रदेशको मन्त्री बनेपछि बेफुसर्दी भएकाले पार्टी हेडक्वार्टर रहेको पेरिस डांडाको २१ आना जमिन बेच्ने बारेमा आफूलाई केही थाहा नभएको बताए ।

डा. बाबुराम भट्टराई अर्थमन्त्री र हालका वनमन्त्री शक्ति बस्नेत ट्रेड युनियनको इञ्चार्ज बन्दा युवा स्वरोजगार कोषबाट मजदूरले पाँच  करोड ऋण लिएको बताइन्छ ।

 

अखिल नेपाल ट्रेड युनियन महासंघका अढाई सय मजदूरको नागरिकता संकलन गरेर दुई/दुई लाख प्रति व्यक्तिका दरले लिएको ऋण शक्ति बस्नेत र शालिकराम जम्मरकट्टेलको तजविजीमा बाँडचुड गरेको र हाल सो ऋणले गर्दा मजदूरहरु कालोसूचीमा पर्ने चिन्ताले पीडित भएको गुनासो सुनिन्छ ।

 

ऋण लिएर काम गर्न चाहने मजदूर, जसको नागरिकता लिइएको थियो, तिनलाई पार्टीको योजनामा काम गर्ने भएकाले यो तपाईंहरुले पाउने होइन भन्दै निराश बनाइयो । तिनै मजदूर अहिले कालोसूचीमा पर्ने भएपछि निराश भएका छन् । नागरिकता लिइएका तिनै मजदूरको नाम ऋण नतिरेको भन्दै कालो सूचीमा राखिन लागेको छ ।

 

मन्त्री शक्ति बस्नेत, शालिकराम जम्मरकट्टेल, गणेश रेग्मी, बाबुराम बस्नेतसहित पा“च÷सात जनाको तजविजीमा रकम विनियोजन गरिनु हुँदैन भनेर त्यतिबेला बद्री बजगाईंहरुले आवाज पनि उठाएको एक मजदूर नेताले सा“घुलाई बताए ।

 

त्यो आवाज उठाउने बद्री बजगाईंलाई बस्नेत र जम्मरकट्टेलको टिमले ‘व्यवसाय’ गर्ने टोलीमा त राखेनन्, राखेनन् उल्टै नेतृत्वको कामको विरोध गर्ने भन्दै कार्वाही गर्नुपर्ने तर्क राखेर पीडित बनाएको स्रोको दावी छ ।

 

”पेरिसडाँडा किन्दै जमकट्टेलहरुले मिलेर पार्टीसंग दलाली कमिशन खाएर किनाएको, त्यसलाई बैंकमा जेथो देखाउने, बेच्ने गर्छन्, हेर्नुहोला, यदि यसो भएन भने मेरो कानमा धागो बानिदिनु होला, शालिक समूहका व्यक्तिहरु कति द्रव्यपिचास हो भन्ने कुरा मैले जति कसले चिनेको छ’ भन्दै बद्रीले उतिबेलै भनेको सही सावित भएको पहिला शालिक समूहकै पक्षमा खुलेर लागेका एक मजदूर नेताले साँघु साप्ताहिकलाई बताए ।

अनियमितरुपमा बाँडिएको रकम तत्कालीन मजदूर इचार्ज र हालका वन मन्त्री शक्ति बस्नेत, प्रदेश मन्त्री शालिकराम जम्मरकट्टेल, वर्तमान अध्यक्ष गणेश रेग्मी, बाबुराम गौतमसंग उनीहरुले व्यक्तिगतरुपमा बढाएको करोडौंको जायजेथो बेचेर ऋण तिरुन् ,पेरिसडाँडा  बेच्ने होइन भन्दै अधिकांश मजदूरहरुले विरोध र विद्रोहको आवाज उठाइरहेकाले प्रचण्ड र नेकपा पार्टीलाई पनि पेरिसडाँडाको २१ आना जमिन नबेच्न चर्काे दवाव परेको खबर छ ।

स्वरोजगार कोषलाई  दिइएको
पेरिसडाँडा धितो युवा नेताले नै तिर्नुपर्ने

युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ ।

 

२०७५ असार २२ गते शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार, जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक