प्रेसलाई कुण्ठीत पार्ने अपराध संहिता पुनरावलोकन गर्न सरकार तयार रहेको कानुनमन्त्री तामाङको भनाई



 

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेरबहादुर तामाङले स्वतन्त्र पत्रकारितालाई असर पर्नेगरी आउन लागेको मुलुकी अपराध संहिता र देवानी संहिताको पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

 

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले उक्त संहितामा व्यक्तिको गोपनीयताको हकलाई सुरक्षीत गरिएपनि आम सञ्चार माध्यमबबाट सुुसुचित गर्ने प्रयोजनका लागि प्रकाशन र प्रशारण गर्न वाधा पार्न नहुने आफ्नो धारण रहेको प्रष्ट पार्नुभयो ।

 

उहाँले गोपनीयताको हक सम्वन्धी ऐन निर्माणको तयारीमा सरकार रहेको बताउँदै सरकारले मिडियाका प्रकाशन तथा प्रशारणको अधिकारलाई केवल नियमन मात्र गर्न खोजेको र निशेध गर्न नचाहेको बताउनुभयोे । मन्त्री तामाङले भन्नुभयो, ‘कानुनले संवैधानिक हकलाई नियोजन गर्दैन, केवल नियमन मात्र गर्ने हो, पत्रकारिता क्षेत्रबाट यो कुरा उठेपछि म गम्भिर भएको छ, आजै नोटिस भयो, परिमार्जनमा यो कुरा सम्वोधन हुन्छ ।

’ मन्त्री तामाङले पत्रकारहरुले सुचनाको हकको अध्याधिक प्रयोग गरेर आम जनतालाई सुसुचित पानुपर्ने बताउनुभयो । ‘न्यायपरिषदले केही दिन अघि सम्पती विवरण नबुझाउने ३० जना न्यायधिशलाई कारवाही गरेको छ, त्यो विषय अहिले गोप्य भएकाले सुचनाको हक अन्तर्गत तिनको नाम खोजेर मिडीमामार्फत सार्वजनिक गरी जनतालाई सुसुचित गराउनुहोस्, खोजी पत्रकारिता गर्नुहोस्, सरकारको सहयोग र प्रोत्साहन हुन्छ । ’ मन्त्रीको भनाई थियो ।

 

उहाँले सूचनाको हकसम्बन्धी नमिलेका कानूनलाई सूचनाको हकका विज्ञहरुबाट आएको सूझावहरुको आधारमा प्रचलित ऐन संशोधन गराउन सरकार तयार रहेको पनि प्रष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसम्बन्धी नेपालको पछिल्लो अवस्था र अन्तराष्ट्रिय अनुभवको बारेमा व्याख्या गर्नुभयो ।

 

उहाँले सूचनाको हकसम्बन्धी सुधार गर्नु पर्ने बुँदाहरुमा ध्यान दिन कानुनमन्त्री तामाङलाई आग्रह गर्दै नेपाली आमसञ्चार क्षेत्रले सूचनाको हकसम्बन्धी उपयोग बढाएकोमा खुसी व्यक्ति गर्नुभयो । सुचना प्रवाहमा राज्य खुकुलो हुनुपर्छ र पत्रकारलाई त झनै सहयोग गर्नुपर्छ भन्ने मामलामा राजनीतिक नेतृत्वलाई त्यती धेरै कुरा बुझाउन नसकेको प्रमुख आयुक्त बास्कोटाको भनाई थियो ।

 

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमूख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचनाको हकको प्रयोग उचित रुपमा मात्र गर्नुपर्नेमा सबै सचेत हुनुपर्ने बताउनुभयो । हुनले सुचनाको हकको दुरुपयोग भएमा सरकारको प्रशासनिक संयन्त्र सञ्चालनमा अप्ठेरो पर्ने गरेको उदाहरण समेत पेश गर्नुभयो । सूचनाको हक सम्वन्धी कानूनले दिएको भन्दै नागरिकहरुले आपूmसँग असम्बन्धित जानकारी लिन आउने काम गर्दा प्रशासन सञ्चालनलाई चुनौति पैदा हुने बताउँदैै आफुले काठमाडौं जिल्ला सुचनाको सहज पहुँचका लागि सक्दो काम गरिरहेको दावी गर्नुभयो ।

 

त्यसैगरी समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले राज्य जनताको करबाट चल्ने हुनाले नागरिकहरुलाई सूचनाको हक कानूनले नै ःपष्ट गरेकोले यसको पहुँच सुनिश्चित गर्न सरकारले खुट्टा कमाउन नहुने धारणा राख्नुभयो । उपाध्यक्ष पोखरेलले सूचनाको हक प्रयोग गर्दा आपूmसँग असम्बन्धित सूचनामा कुनै पनि नागरिकले चासो राख्न नहुने बताउनुभयो ।

 

त्यसैगरी प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सल्लाहकार गोविन्द चौंलागाईले सूचनाको हकलाई सुव्यवस्थित गर्न नसकीऐ यसले नकारात्मक सन्देश दिने बताउनुभयो । उहाँले प्रेस काउन्सील सबैको अविभावक संस्था भएको दावी गर्दै आजको सन्दर्भमा जिम्मेवार र उत्तरदायित्वपुर्ण पत्रकारिता आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको विषयवस्तुमाथी सुरुमै प्रकाश पार्दै शाखा अध्यक्ष शन्तराम बिडारीले मिडीयाकर्मीलाई समाचार लेखेकै कारण जेलहाल्ने किसिमले आएको अपराध संहिता र देवानी संहिताले खोजी पत्रकारिता मर्ने र यो क्षेत्र भुत्ते बन्न सक्ने भन्दै तत्काल यो व्यवस्थामा पुनारवलोकन गर्न माग राख्नुभयो ।

 

उहाँले मिडीयाकर्मीलाई सेक्नेगरी आएको उक्त व्यवस्थाको आलोचना गर्दै गोपनीयताको हकको नाममा समाचार प्रकाशन प्रशारण गर्ने विषयलाई फौजदारी कानुन अन्तर्गत आकर्षीत नगरी मिडीया कानु मार्फत नै नियमन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध पत्रकार लक्ष्मण बजगाईद्वारा लिखित राजेन्द्र सुवेदीले प्रकाशन गरेको ३ कथा कृतिहरु प्रमूख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले एकैसाथ विमोचन गर्नुभयो ।

 

बजगाँइका कथाकृतिहरु ‘रातो मुख’, ‘घरदैलो’ र ‘चट्पटे’ विमोचित भएका हुन् । त्यसैगरी सोही कार्यक्रममा महासंघ काठमाडौं शाखाकी पूर्व कार्यसमिति सदस्य रेणुका भट्टराई तथा पत्रकार एवं साहित्यकार विके पाल्पालीकी सुपुत्री सुधा पाल्पालीद्वारा रचित कविता संग्रह ‘कमिलाको मातृभूमि’को पनि मन्त्री तामाङले विमोचन गर्नुभयो ।

 

उक्त समारोहमा नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिको निर्वाचनमा निर्वाचन समितिका रही उल्लेखनीय योगदान पु¥याउने पत्रकारहरुलाई कदरपत्र पनि वितरण गरिएको थियो । यसरी प्रंशसापत्र प्राप्त गर्नेहरुमा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य रामहरि शिलवाल, नेपाल प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारी र पत्रकार करुण अर्याल रहेका छन् ।

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष सीता पोखरेलले स्वागत मन्तव्य गरेकी थिईन् भने कार्यक्रम सचिव मोहन पन्तले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक