प्रदेश ४ को नाम अब गण्डकी प्रदेश



हाम्रो इकोनोमि

प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।

प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।  प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान(मगरात लगायतको विकल्प दिएको थियो ।

सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान(मगरात भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...