नेपाल–चीनबीचको सहकार्यबाट फाइदा लिन सकिने



हाम्रो इकोनोमि

नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा आज आयोजित अन्तक्र्रियामा उहाँले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन सक्ने बताउनुभयो ।

भर्खरैमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता ऐतिहासिक भएको बताउँदै उहाँले भन्नुभयो, “नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदानप्रदानले दुवै देशका लागि प्रचुर फाइदा र सिकाइ हुनेछ ।”

नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय नाकाका रुपमा रुपान्तरणमा सहयोग गर्न चीन तयार भएको राजदूत युले बताउनुभयो । सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...