कांग्रेसद्वारा प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध, डा केसीको जीवन रक्षा गर्न माग



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ ।

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार दोश्रो बैठक अवरुद्ध बनाएको हो ।

प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकको कारवाही सुरु भएको जानकारी गराउन नपाउदै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए ।

सभामुख कृष्ण बहादुर महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्र प्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नएसम्म बैठक चल्न नसक्ने बताए ।  डाक्टर केसीको अनसन तर्फ  सिंगो देशको ध्यानाकर्षण भएपनि सरकार हुन नसकेको टिप्पणी गरे ।

माग सम्बोधन हुने गरि विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि माग गरे । उनले डाक्टर केसीको जीवन रक्षाको माग गदैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभए सम्म आफुहरु उभिन बाध्य हुने बताए ।

उनले संसद र सांसदमा उठेको सार्वजनिक महत्वको विषयमा सरकार गैह् जिम्मेवार र गैर जवाफेही बन्न नमिल्ने भन्दै सदनप्रति सरकारलाई जवाफदेही बनाउन सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख महराले महत्वपुर्ण विषय प्रति सरकारलाई ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसुचीमा राखिने आश्वासन दिएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गते १ बजे सम्मका स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...