कांग्रेसद्वारा प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध, डा केसीको जीवन रक्षा गर्न माग



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ ।

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार दोश्रो बैठक अवरुद्ध बनाएको हो ।

प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकको कारवाही सुरु भएको जानकारी गराउन नपाउदै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए ।

सभामुख कृष्ण बहादुर महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्र प्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नएसम्म बैठक चल्न नसक्ने बताए ।  डाक्टर केसीको अनसन तर्फ  सिंगो देशको ध्यानाकर्षण भएपनि सरकार हुन नसकेको टिप्पणी गरे ।

माग सम्बोधन हुने गरि विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि माग गरे । उनले डाक्टर केसीको जीवन रक्षाको माग गदैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभए सम्म आफुहरु उभिन बाध्य हुने बताए ।

उनले संसद र सांसदमा उठेको सार्वजनिक महत्वको विषयमा सरकार गैह् जिम्मेवार र गैर जवाफेही बन्न नमिल्ने भन्दै सदनप्रति सरकारलाई जवाफदेही बनाउन सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख महराले महत्वपुर्ण विषय प्रति सरकारलाई ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसुचीमा राखिने आश्वासन दिएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गते १ बजे सम्मका स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...