डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले ग¥यो संसद अवरुद्ध



हाम्रो इकोनोमि

डा.  गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

कांग्रेसले शुक्रबार नै डा। केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा.  केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे ।

तर, कांग्रेस सांसदहरुले डा। केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे । संसद बैठक आधा घन्टालाई स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...