काठमाडौमा पाकेटमार र आगूऔषध दुब्र्यशनी किशोरहरु बढ्दै, हाम्रोसमाज कता जादैछ



अहिले पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो । पढ्ने उमेरका किशोरहरु यस्तो कुकर्ममा लागेपछि अब हामीले उनीहरुबाट के अपेक्षा गर्ने । यो सोचनीय विषय बनेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ जना समातिए । तीमध्ये ३ जना किशोर छन् भने १ जना २० र अर्का एक ३९ वर्षका युवा छन् ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले पकेटमारी तथा चोरी गर्ने गरेको खुलेको छ ।

महानगरीय प्रहरीले जनाएअनुसार रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा १९ वर्षीय प्रतीक बस्नेत, वर्ष १९ कै पवनराज गिरी र उदयपुर कटारी नगरपालिका १२ का १७ वर्षीय राजकुमार बस्नेत पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले पाकेटमारीमै संलग्न २० वर्षीय विनोद खड्का र ३९ वर्षीय अल्लाद दासलाई पक्रेको छ । यिनीहरु एक साताको बीचमा गौशाला क्षेत्रभित्रबाट समातिएका हुन् ।

पकेटमारी तथा चोरी मात्रै होइन, लागू पदार्थ सेवन तथा बिक्री वितरणमा पनि किशोरहरुको संलग्नता अत्यासलाग्दो देखिएको छ । गौशाला प्रहरीले पछिल्लो १ सातामा सञ्चालन गरेको अर्को अभियानका क्रममा ४ जना पक्राउ परे । रोचक के छ भने यो अभियानका क्रममा समातिनेमा पनि अधिकांश किशोर नै छन् ।

लागू औषध सेवन तथा बिक्री–वितरण आरोपमा पक्राउ पर्नेमा रुकुम मुसिकोट १ घर भई हाल कीर्तिपुर बस्ने १८ वर्षीय सुनिल थापा, सिन्धुली हतपतेका वर्ष १७ का विशाल तामाङ, भारत दार्जलिङ घर भई पशुपती बस्ने वर्ष २१ का लाक्पा शेर्पा र कैलाली टिकापुर नगरपालिका घर भई हाल चाबहिल बस्ने वर्ष ३५ का कर्णप्रसाद चौलागाई छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । यसले हाम्रा वालवालिकालाई हामीले कस्तो संस्कार रशिक्षा दिईरहेका छौ भन्ने पष्ट हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक