प्रमुख निर्वाचन आयुक्तद्वारा भवन उद्घाटन



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गर्नुभएको छ ।

भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताउनुभयो ।

आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा यादवले बताउनुभयो ।

विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो ।

रु एक करोड २२ लाख ६८ हजार २७५ को लागतमा तीन तलाको उक्त भवन निर्माण भएको हो ।

चौध कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...