प्रमुख निर्वाचन आयुक्तद्वारा भवन उद्घाटन



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गर्नुभएको छ ।

भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताउनुभयो ।

आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा यादवले बताउनुभयो ।

विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो ।

रु एक करोड २२ लाख ६८ हजार २७५ को लागतमा तीन तलाको उक्त भवन निर्माण भएको हो ।

चौध कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...