दोहोरो अंकले बढ्यो शेयर बजार



हाम्रो इकोनोमि

शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।

शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । आज व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...