पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने जापानको एकजाना नेतालाई मृत्युदण्ड



हाम्रो इकोनोमि

 

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।

 

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् ।

 

उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

 

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

 

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् ।

 

अम सिनरिक्यो यसरी बन्यो ‘आतंकवादी’

 

अम सिनरिक्यो एक धार्मिक सम्प्रदाय हो । यसका संस्थापक सोको आसहारा हुन् । उनले आफूलाई जिसस क्राइस्ट र र बुद्धपछि पहिलो पटक ‘ज्ञान पाएको’ दावी गर्दथे ।

 

सन् १९८९ मा जापान सरकारले अम सिनरिक्योलाई धार्मिक संस्थाको मान्यता दिएको थियो । अम सिनरिक्यो अर्थ ‘सर्वोच्च सत्य’ रहेको यसका अनुयायीहरु बताउँछन् ।

 

उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर छरिएका थिए । तर जब आफूहरु बाहेक यो पृथ्वीमा रहेका सबै ध्वस्त हुँदैछन् भनेर यसले प्रचार थाल्यो, त्यसपछि बिस्तारै यो सानो संख्यामा खुम्चियो । टोक्योको सब-वेमा गरिएको विशालु ग्यास आक्रमणपछि पनि यसका अनुयायीहरु घटे ।

 

सन् १९९५ को विशालु ग्यास आक्रमणपछि अम सिनरिक्यो भूमिगत भयो । त्यसपछि यसले आफ्नो नाम परिवर्तन गरेर ‘एलेफ’ र ‘हिकारी नोवा’ राख्यो ।

 

अमेरिका लगायतका देशहरुले अम सिनरिक्योलाई आतंकवादी समूहको सूचिमा राखेका छन् । तर, जापानमा ‘एलेफ’ र ‘हिकारी नोवा’ दुवै समूह वैध छन् । तर यी दुवै धार्मिक समूहलाई खतरनाक भनेर जापान सरकारले सुक्ष्म निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...